पत्रकार आचार्यलाइ सहयोग

40

rahat

रौतहट ९ असार – सबारी दुर्घटनामा घाईते भएका नेपाल प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरी आचार्य लाई बिहीबार नेपाल पत्रकार महासंघ रौतहट शाखाले सहयोग गरेको छ । आफना सहकर्मी आर्चायको स्वास्थ्योपचारको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाले २५ हजार रुपैया सहयोग गरेको हो ।

जेठ ३० गते बाराको नीजगढबाट आफनो घर रौतहटको चन्द्रनिगाहपुर आउने क्रममा आचार्य, श्रीमती प्रमिला भण्डारी र छोरी प्रंशसा आचार्य चढेको ना २७ प ६३१२ नम्बरको मोटसाईकललाई काठमाडौंबाट चन्द्रनिगाहपुर आउदै गरेको ना १ ज ३७४८ नम्बरको शिखरापुर टाटा सुमोले ठक्कर दिएपछि तीनै जना घाईते अबस्थामा हेटौडा स्थित चुरेहिल अस्पतालमा उपचार हुदै आएकोमा बुधकार पत्रकार आचार्यको श्रीमती प्रमिला भण्डारीको निधन भएको छ ।

भण्डारीको बिहीबारनै गृहनगर चनद्रपुर नगरपालिकामा पर्ने बाग्मति नदिमा दाहसंस्कार गरिएको छ । भण्डारीको पार्थीब शरिरमा उनका श्रीमान पत्रकार आचार्यले दागबती दिनु भएको छ । आचार्य र उनको छोरी प्रंससा आचार्यको थप उपचारको लागि बिहीबार काठमाण्डौ स्थित नर्भिक अपताल भर्ना गरिएको छ । उनी चढेको मोटरसाईकल ठक्कर दिने टाटासुमोका चालक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन ।