गाविसका कर्मचारीलाई एलडिओको निर्देशन

26

बीरगंज ११ असार – स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले गाविसको बजेट योजना पूर्ण रुपले पारदर्शिता बनाउन गाविसका कर्मचारीहरुलाई निर्देशन दिएका छन । स्थानीय जनताको समस्याको पहिचान गर्ने र समाधानको उपाए खोज्ने अभिप्रायले पर्साकोे क्षेत्र नम्बर ५ को भिसुवामा इलाका स्तरीय सार्वजानिक सुनवाइ कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन ।

ETI copy

उनले एक गाउं देखि अर्को गाउं सम्म जोडिने सडक संजाललाई विस्तार गर्न जिल्ला विकास समितिले यस बर्ष प्रमुखताका साथ अगाडी बढेको बताए । उनले बिकास निर्माण र समाजीक क्षेत्रमा गर्नुपर्ने काममा पारदर्शीता कायम गर्न स्थानीय तहबाटै पहल गरिनु पर्ने बिचार ब्यक्त गरे ।
कार्यक्रममा भिष्वा, जयमंगलापुर, बन्जारी, तुलसीवर्वा, धोविनी, सम्भौता लगायतका गाविसहरुबाट सेवाग्राही, राजनीतिक प्रतिनिधि, सामाजिक कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीयको तर्फबाट भिष्वामा रहेको भन्सार कार्यालयबाट भारतीय गाडीको प्रवेश इजाजत र भन्सारको व्यवस्था मिलाउनु पर्ने, स्वास्थ्यको क्षेत्रमा देखापरेको समस्या समाधान गर्नुपर्ने, खानेपानीको समस्या समाधान हुनुपर्ने, खुला दिशामुक्त क्षेत्रको अभियानलाई निरन्तरता दिनुपर्ने, सीमाबाट घरयासी समानको लागि ल्याउने समान बिनाशर्त छाड्नुपर्ने, डुबानको समस्या समाधान हुनुपर्ने जस्ता माग सेवाग्राहीले गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशसकीय अधिकृत बसन्त न्यौपाने नेपाल पत्रकारमहासंघका अध्यक्ष श्याम बन्जारा, सशस्त्र प्रहरीका उपरिक्षक भिम बहादुर थापा, अनुसन्धानका हरि नेपाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटी, जिल्ला जनस्वास्थ्य प्रमुख, लगायतले सहभागि स्थानीय बासिन्दाले उठाएका गुनासोको बारेमा सरोकारवाला सरकारी कार्यालयहरुले गर्ने कामलाई ब्यबस्थित बनाउन कुनै कसर बांकी नराख्ने गरि प्रस्तुत हुने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला विकास समितिका योजना अधिकृत अशोक कुमार भट्टराई, सामाजिक विकास अधिकृत धर्मराज थापा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण महेश अर्याल र तबरेज अहमदले गरेका थिए ।