चर्चित बलिउड निर्माता कुन्दरले नेपाली सर्ट मुभी ‘बब’को प्लट चोरेको आरोप

41

Bob-and-Kriti-short-films

काठमाडौँ, ११ असार – जोकर र जानेमान जस्ता बलिउडका चर्चित चलचित्र हरुका निर्माता शिरिष कुन्दर माथि नेपाली ‘सर्ट मुभी’ बाट कथाको प्लट चोरेको आरोप लागेको छ ।

बब नामक नेपाली चलचित्रका निर्देशक र फोटोग्राफर अनिल न्यौपानेले निर्माता शिरिष कुन्दरले उनको नेपाली ‘सर्ट मुभी’ बबबाको प्लट कुन्दर द्वारा निर्मित हिन्दि ‘सर्ट मुभी’ कृतिमा चोरेको आरोप लगाउदै सामाजिक संजाल फेसबुकमा पोष्ट लेखेका छन ।

अनिलले फेसबुकमा लेखेका छन् ‘म कृती हेर्दै थिएं अगाडीका केही दृश्यहरु मिलेको जस्तो लाग्यो र सोचे यो संयोग मात्र हो तर बिस्तारै कथा बढ्दै जाँदा छक्क परें , पुरै कथा मिलेको थियो ।’ अनिलले आफुले न्याय खोजेको बताएका छन् र युट्युबमा कुन्दरको चलचित्र कृतिलाइ रिपोर्ट गर्न आग्रह पनि गरेका छन ।

उनले आफुले कडा मिहिनेत गरेर निर्माण गरेको चलचित्रको प्लट चोरि हुदा दुख व्यक्त गर्दै आफ्नो पुरा चलचित्र निर्माणमा लागेको खर्च भन्दा कृति चलचित्रकका स्पोटबयाले धेरै कमाएको गुनासो पोखेका छन र निर्माता कुन्दर संग माफीको अपेक्षा गरेका छन ।

ETI copy

तर कुन्दरले यो चोरीको कुरालाई नकारेका छन् र यो एउटा संयोग मात्र भएको भनेका छन, आफ्नो टविटरमा टविट गर्दै कुन्दरले न्यौपानेले लागेको आरोप गलत भन्दै यो एउटा संयोग मात्र भएको भनेका छन । कृतिमा बलिउडका चर्चित कलाकार मनोज बाज्पाई, राधिका आप्टे र नेहा शर्माले अभिनय गरेका छन ।

दुवै चलचित्र मानसिक रोगका बारेमा रहेको छ र कथा शुरु हुने बेलामा दृश्यहरु पनि मिलेका छन् । कथा बिस्तारै बढ्दै जाँदा कथाको कन्सेप्ट मिलेको छ र कुनै कुनै दइलग समेत मिलेका छन । तर दुवै चलचित्रको अन्त्य भने छुटै छुटै तरिकाले भएको छ । युट्युबमा रिलिज गरिएको दुवै चलचित्रमा अनिलको ‘बब’ पहिले रिलिज भएको हो ।

१२ मई २०१६ मा अनिलको ‘बब’ रिलिज गरिएको हो भने कुन्दरको चलचित्र ‘कृती’ २२ जुन २०१६ मा रिलिज भएको हो र दुवै चलचित्रको कथा र प्लट धेरै मिल्दो झुल्दो छ । भारतीय मिडियाले पनि कुन्दरलाइ चोरि गरेको आरोप लगाएको छ र सामाजिक संजाल टविटर र फेसबुकमा पनि कुन्दरको धेरै आलोचन गरिएको छ ।

न्यौपाने काठमाडौँमा आधारित ज्याज प्रोडक्सनमा काम गर्छन भने उनि नेपालमा नाम चलेका एक चर्चित फोतोग्र्फ़र पनि हुन्, उनको कामको प्रसंसा देश-विदेशमा रहेका व्यती हरुले समेत गरेका छन र उनले नेपाली भाषाक कयौ मियुजिक भिडियो पनि बनाए छन ।

र कुन्दर बलिउडकी चर्चीत कोरियोग्राफर र निर्माता फराह खानका श्रीमान हुन् र उनि बलिउडमा एक नाम कमाएका एडिटर पनि हुन् ।

दुवै चलचित्रको भिडियो तल दिईएको छ। पाठक-दर्शक आफैले हेरेर निर्णय गर्न सक्ने छन् ।

[divide]

बब

 

[divide]

कृती

[divide]