पर्शुरामपुरका महिलाहरु आत्मनिर्भर बन्दै

36

13521683_1415744295109530_2017364763_n

बीरगंज ११ असार – शनीवार गरीबी निवारण कार्यक्रम संचालन भएको पर्शुरामपुर गाविसका तीन वटा सामुदायीक संस्थाहरुको शनिवार सथलगत अनुगमन भएको छ ।

अनुगमन समितिका संयोजक एवं स्थानीय बिकास अधिकारी बिश्व प्रकाश अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले गा.बि.स. पर्शुरामपुरको बलुवामा पुगी तीनवटा सामुदायीक संस्थाहरुको स्थलगत अनुगमन गरेको हो । स्थानीय बिकास अधिकारी अर्यालले सामुदायीक संस्थाका सदस्यहरुले स्थानीय स्तरमा भइरहेको बिकास निर्माणको कार्यमा पनि धयान दिनु पर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले ग्रमीण महिलाको जीवनस्तर माथि उकास्नको लािग समाजीक संघ—संस्थाहरुले महत्वपुर्ण भूमिका निर्बाह गरेको बताए ।

ETI copy

अनुगमन टोलीले सातोमाई, राधेकृष्ण र बजरंगबली सामुदायीक संस्थाले संचालन गरेको क्रियाकलापको अनुगम गर्दा सामुदायीक संस्थाका सदस्यहरुले कार्यक्रमबाट लभान्वित भएको पाइएको अनुगमन टोलीमा सहभागि प्रदिप चौरसियाले बताए ।

अनुगमनमा पत्रकार महसंघ, पर्साका कोषाध्यक्ष अनुप तिवारी, जिल्ला बिकास समिति, पर्साका योजना अधिकृत अशोक भट्टराई, सामाजिक बिकास अधिकृत धर्मराज थापा लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा कार्यक्रमसंग सम्बद्ध गरीबी निबारण कोष पर्साका प्रमुख श्री घर्तीमगर, छठु साह, शम्भु सुमन लगायतको सहभागिता रहेको थियो ।