महासंघले बिद्यार्थीहरुलाई पुस्तक बितरण गर्यो

32

13510513_1415655795118380_1794195195_n

वीरगंज ११ असार – आई.टी.महासंघ नेपाल मध्यमाञ्चल शाखा बीरगंजले आज स्कुलका बिद्यार्थीहरुलाई पुस्तक बितरण गरेको छ । बीरगंजको पिपरमा रहेको नृसिंह उच्च माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण कुर्मीलाई पुस्तक हस्तान्तरण गरिएको हो ।

बिद्यार्थीहरुलाई उच्च शिक्षा तथा सिप मुलक ज्ञान हासिल गर्नका लागी सामान्य ज्ञान लगायत अन्य ज्ञानका करिब २ सय पुस्तक बितरण गरेको हो । आई.टी. महासंघका केन्द्रीय अध्यक्ष राजु कुशवाहाले यस्ता कार्यक्रमले विद्यार्थीहरूले विभिन्न कुराको बारेमा जानकारी पाउनुका साथै चेतना फैलने बताए ।

ETI copy

कार्यक्रममा आई.टी. मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्ष बिरेन्द्र यादव, सचिव शम्भु साह, सहसचिव प्रशान्त कुमार, कोषाध्यक्ष पुरुषोतम चौरसिया, पर्साका अध्यक्ष लक्ष्मी चन्द कुशवाहा, सदस्य संतोष साह लगायतकाले पुस्तक बितरण गर्दै शुभकामना दिएका थिए । आई.टी. महासंघ नेपाल मध्यमाञ्चल अध्यक्ष बिजय कुशवाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण शम्भु साहले गरेका थिए । साथै कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई क्षेत्रीय उपाध्यक्ष बिरेन्द्र यादव र सहसचिव प्रशान्त कुमारले आई.टी. सम्बन्धी प्रशिक्षण दिएका थिए ।