महिलालाई नेतृत्व बिकास तालिम

42

13521820_1415757235108236_447628514_n

बीरगंज ११ असार – कम्युनिटी एण्ड काउन्सेलिगं प्रा. लि वीरगंजको आयोजना एवं वीरगंज उपमहानगरपालिकाको सहयोगमा एक दिने महिलाहरुको नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।

समाजिक संस्था जिल्ला समन्वय समिती पर्साको सभाहलमा सम्पन्न तालिममा ३० वटा वडाका नागरिक सचेतना केन्द्रका संयोजक एवं समाजिक परिचालकहरुको सहभागिता रहेको थियो । कम्युनिटी एण्ड काउन्सेलिगंका अध्यक्ष रामाकान्त पटेलको सभापतित्वमा सम्पन्न तालिममा वीउमनपाका समाजिक बिकास महाशाखा प्रमुख सुनिल कर्णले संघ संस्थाको माध्यमबाट महिलाहरुमा नेतृत्व क्षमताको बिकास भईरहेको बताउदै अब समाजका हरेक गतिबिधीमा महिलाहरुको सक्रिय सहभागिता भईरहको बताएका थिए ।

ETI copy

तालिममा समाजिक संस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष रामनरेश यादव, वीउमनपाका मुकेश गुप्ता,युनिसेफ नेपालका वृजकिसोर पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा सीता देवकोटा र कोपीला चौलागाईले प्रशिक्षण दिएका एवं सहजीकरण हरेन्द्र प्रसादले गरेका थिए ।