सदभावाना पार्टी निकट विद्यार्थीमहिलाको कमिटी गठन

31

13530260_1415760895107870_437039171_n

वीरगंज, ११ असार – सद्भभावना पार्टीको वर्गीय संगठन सद्भभावना बिद्यार्थी मञ्चको ईकाई कमिटी आज एक कार्यक्रमका बिच गठन गरिएको छ । ठाकुराम बहुमुखी क्यामपस वीरगंजको सभाहलमा आयोजित भेलाले अनिल प्रसाद यादवको संयोजकत्वमा २१ सदस्सीय कमिटी गठन गरेको हो ।

कमिटीको उपसंयोजकमा निखिल राज ओझा,सचीवमा रामबाबु प्रसाद कलवार, सदस्यहरुमा सन्तोष चैरसिया ,तैकिर अलि,कृष्ण सहनी ,धन्यजय कुमार ,अरबिन्द यादव,हरेराम कुमार,अजित कुमार यादव ,मोहमद मन्साद आलम अन्सारी ,नितेस कुमार कर्न,अनिस कर्न ,सुसिला चौधरी ,बिरेन्द्र महतो ,बिजित झा,सुधिर कुमार पन्डित,संजय सिंह,नविन बैठा लगायतका रहेका छन् ।

ETI copy

विद्यार्थी मञ्च वीरगंजका नगर अध्यक्ष नुरसिद अन्सारीको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य निजामोदिन समानी,जिल्ला सचिव राजेश साह,वीरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ,महिला मञ्चकी नगर अध्यक्ष सुनिता रौनियार ,विद्यार्थीका नगर सचिव बिना अधिकारी,युवा मञ्चका जिल्ला अध्यक्ष शेख मुना लगायतको विशेष उपस्थिति रहेको थियो ।

यसैगरि आजै सद्भभावना पार्टीको महिला मञ्चको वीरगंज वडा न.१३ मा कमिटी गठन गरिएको छ ।रानी कलवारको अध्यक्षतामा गठित १५ सदस्यीय कमिटीको सचिवमा पुनम कुमारी साह,सदस्यहरुमा मन्जु कुमारी कानु,मधुबाला श्रीवास्तव,पारबती कुमारी ,खुस्बु कुमारी गुप्ता,किरण देवी,रम्भा देवी,रुपा साह ,खुसी गुप्ता ,नितु कलवार,प्रभा देवी,मन्जु देवी लगायतका रहेका छन् ।