सफल बार्ताकोलागि प्रतिपक्षी दलको सहभागिता आवश्यक : कर्ण

37

laxman-lal-karna-555x335

काठमाडौ, ११ असार – सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बार्ताको सफलताकोलागि प्रतिपक्षी दलको सहभागिता आवश्यक रहेकोले काग्रेस, एमाले र माओवादीसहितको सहमतिमा बार्ता टोली बनाउनु पर्ने भन्दै सरकारलाई समस्या समाधानकोलागि असार मसान्तसम्मको मात्रै समयसीमा रहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले असार मसान्तसम्मको समयको सरकारले सदुपयोग नगरे गठबन्धनमा आबद्ध दलहरु आ आफ्नो क्षेत्रमा झर्ने स्पष्ट पार्दै साउनबाट मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा अझै शसक्त आन्दोलन थाल्ने चेतावनी दिए ।

ETI copy

कर्णले बार्ताकोलागि आन्दोलनको क्रममा घाईते भएकाको उपचार, मृतकलाई शहीद घोषणा र क्षतिपुर्ति तथा झुठामुद्दा खारेज गरेर न्यायीक छानविन आयोग गठन गर्नु पर्ने भन्दै औपचारिक बार्ता अघि सरकारले अनौपचारिक बार्ता गर्नु पर्ने सुझाव दिए ।