स्विट्जरल्यान्डलाई पराजित गर्दै पोल्यान्ड युरो कपको क्वार्टरफाइनलमा

61

607758465_SH_0501_52482423FCA4202A3328D9A73951EDA2_3447

काठमाडौँ, ११ असार – युरो कप २०१६ अन्तर्गत आज भएको अन्तिम १६ को पहिलो खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै पोल्यान्ड क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा जान बाध्य भएको थियो। यसअघि ब्लास्जीवस्कीले ३९ औँ मिनेटमा गोल गरी पोल्यान्डको तर्फबाट अग्रता कायम गरेका थिए। तर ८२ ‍औँ मिनेटमा शकिरीले गोल गरी खेल बराबरीमा ल्याए। सकिरीले बक्सको छेउबाट ओभरहेड किक हानी दर्शनीय गोल गरेका थिए।

पोल्यान्डले पाँचै वटा बल गोलमा परिणत गर्न सफल भयो भने स्विट्जरल्यान्डका तर्फबाट साकाले गोल गर्न सकेनन्।