२० किलो चरेस सहित ३ पक्राउ

41
तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय
तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय

वीरगंज, ११ असार – जिल्ला प्रहरी कार्यालय पर्साले २० किलो लागु औसधि सहित् ३ जना युवकलाइ पक्राउ गरेको छ ।

वीरगंजवाट भारत रक्सौलतर्फ टंगामा लुकाएर लाग्दै गरेको आवस्थामा जिल्ला प्रहरी कार्यालय बाट खटेको प्रहरी टोलिले वीरगंज स्तिथ बसपार्कबाट चेकजाच गर्ने क्रममा २१३ नं.को टाँगा बाट २० किलो चरेस बरामद गरेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ ।

ETI copy

टांगाको पछाडी सवारी वस्ने सिट मुनि राखिएको २ वटा प्लाष्टिकको ग्यालन शंका लागि बिर्को खोली चेकजांच गर्दा उक्त ग्यालनको सतहको भागमा बनस्पति घ्यू (डाल्डा ) राखी ढाकिएको र भित्री भागमा प्लास्टिकले बेरी सानो सानो डल्लो पारी २० किलो चरेस लुकाई छिपाईका साथ ओसार पसार गरिरहेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज उपमाहानगरपालिका वडा नं २ छपकैयाका १७ वर्षिया जावेद आलम (टंगा चालक), सो टंगामा सवार वीरगंज उपमाहानगरपालिका वडा नं ३ मा बस्ने १६ वर्षीय राजा अन्सारी र हेटौडा उपमाहानगरपालिका वडा नं ८ बस्ने सुमन लामा रहेका छन ।

उक्त घटनामा संलगन ३ जानालाइ नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जानकारी जिल्ला प्रहरी कार्यालयले जानेको छ ।