नर्दन आयरल्याण्ड युरोकपबाट बाहिरियो

57

काठमाडौँ, १२ असार – फ्रान्समा जारी युरोकपबाट नर्दन आयरल्याण्ड बाहिरिएको छ । शनिबार राती वेल्ससँग भएको खेलमा आत्मघाती गोल खान पुग्दा नर्दन आयरल्याण्ड युरोकपबाट बाहिरिन पुगेको हो ।

आफ्ना खेलाडी एमसी आउलेले खेलको ७५ औं मिनेटमा बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्दा वेल्स भने भाग्यमानी ठहरियो । नर्दन आयरल्याण्ड बाहिरिएसँगै वेल्स ऐतिहासिक जित दर्ता गर्दै क्वाटरफाइनलमा पुग्यो । ग्रेट ब्रिटेन अन्तर्गतका दुबै टोली पहिलो पटक यूरोकपमा डेब्यू गरेका थिए । –