बिपद ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

52

बीरगंज १३ असार

13523756_1417155551635071_2087028241_o–बीरगंज उपमहानगरपालिका र सहयोगी नेपालको आयोजनामा महिलाहरुकालागि बिपद ब्यवस्थापन सम्बन्धी तालिम सोमवार होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ । तालिममा बिपदबाट जोगिने तरिका बारे अन्यौल हुने गरि सिकाउन नहुनेमा बीरगंज उमहानगरपालिका सामाजिक बिकास महाशाखाका मुकेश गुप्ताले जोड दिए । बिपद ब्यवस्थापन बिधिका बारेमा महिलालाई दक्ष बनाउन सके जोखिम न्यूनीकरण हुने उनले बताए ।
गुप्ताले महिलाका निम्ति बिनियोजीत बजेट महिलाको दक्षता र सीप अभिबृद्धिमा खर्च गर्ने गरिएको बताए । उनले महिलालाई बिपद ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षकहरुले सिकाउने र त्यसलाई बिपद ब्यवस्थापनमा अपनाउन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछानेले बिपद बजा बजाएर नआउने भएकोले त्यसबाट जोगिने उपाय प्रति सबैले जान्न जरुरी रहेको बताए ।
सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंजका बिभिन्न वडाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको छ । मनोज साहले संचालन गरेको कार्यक्रममा लक्ष्मी गुप्ताले स्वागत गरेकी थिइन । तालिममा तवरेज अमहद र बिकास बिज्ञ बिटु श्रीवास्तवले तालिम दिएका थिए ।