समृद्ध वीरगंजको लागि सदभावनाको वीरगंजमा प्रर्दशन

42

13552750_1417163634967596_1752148200_n
वीरगंज,१३ असार
सदभावना पार्टी वीरगंज नगर कार्य समितीले समृद्ध वीरगंजका लागि आज प्रर्दशन गरको छ । नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा रहेको टोलीले शहरको मुख्य चौकमा कोण सभा गर्नुको साथै प्लेकार्ड सहित नगर परिक्रमा गरेका थियो । असार २ गते प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय बिकास मन्त्री समक्ष समृद्ध वीरगंजका लागि १६ बुंदे ज्ञापन पत्र बुझाएको थियो । १६ बूदे माँगमा बिकासको नाममा भ्रष्टाचार गर्न पाईदैन ,नगरपालिकाले थप गरेको ११ वटा वडालाई बिशेष प्याकेज दिनुपर्ने , नगर क्षेत्रमा रहेका धरोहरहरुमा नगारिकको स्वामित्व हुनु पर्ने ,शहिद पार्कको निर्माण अबिलम्ब गर्नुपर्ने , वीरगंज नगरको मुख्य सडक आवश्यकता अनुसार फराकिलो गर्नुपर्ने ,सरकारी कार्यालय महिला मैत्री हुनुपर्ने , एकिकृत कर खारेज हुनुपर्ने , नगरको हरेक क्षेत्रलाई सोलार बतीले उज्यालो बनाउनु पर्ने ,डुवान पर्ने क्षेत्रलाई फास्ट ट्रयाकमा निकास गर्नुपर्ने, शहरलाई क्लिन ग्रिन बनाउनु पर्ने ,पानी बिजुली ,सडक लाई प्राथमिकतामा राख्नुपर्ने जस्ता माँगहरु रहेका छन । सम्बन्धित निकायले माग सम्बोधन नगरे आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिदै गलत कार्यको भण्डाफोर गर्ने सदभावनाका नगर अध्इक्ष ओमप्काश सर्राफले बताए । कोण सभामा सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, जिल्ला सचिव राजेश साह, जिल्ला सदस्य रहमान अंसारी,महिला मंचकी नगर सचिव बिना अधिकारी ,नगर सदस्यहरु संजय लगायतको उपस्थिति रहेको थियो ।