हरिखेतानमा छात्रबृति सहित नयाँ भर्ना कार्यक्रम घोषणा

74

Captureमध्य तराईको शैक्षीक क्षेत्रमा नेतृत्वदायी स्थान ओगटन सफल हरिखेतान बहुमुखी क्याम्पसले कक्षा ११ को भर्नामा बिभिन्न तहको छात्रबृति सहित नयाँ भर्ना कार्यक्रम घोषणा गरेको छ ।

एसएलसी परिक्षामा “ए प्लस र ए” श्रेणीमा उतीर्ण बिद्यार्थीहरुकालागि शत प्रतिशत छात्रबृतिको घोषणा गरेको छ । त्यसै गरि प्रवेशिका परिक्षामा ७० प्रतिशत देखी ७९ प्रतिशत अंक हासिल गर्नेलाई ७५ प्रतिशत छात्रबृति र ६० देखी ६९ प्रतिशत अंक हासिल गर्नेलाई ५० प्रतिशत छात्रबृति र ५० देखी ५९ प्रतिशत अंक प्राप्त गर्नेलाई २५ प्रतिशत र न्यूनतम ३५ देखी ४९ प्रतिशत अंक ल्याउनेलाई पनि १० प्रतिशत सम्म छात्रबृति दिने नीति बनाएको छ ।
कक्षा ११ मा भर्नाहुने बिद्यार्थीहरुकोलागि उच्च अंक हासिल गर्ने देखी न्यून अंक ल्याउने सबै बिद्यार्थीहरुलाई छात्रबृतिको दायरामा ल्याएको क्याम्पस प्रमुख डा. भगवान यादवले बताए । छात्रबृति दिनुका साथै ब्यवहारिक ज्ञान सहितको गुणस्तरीय शिक्षा दिनु क्याम्पसको उद्धेश्य रहेको उनको भनाई छ ।
क्याम्पसमा सुविधा सम्मपन्न प्रयोगशाला ,समृद्ध पुस्तकालय,डिजीटल स्मार्ट बोर्ड सहित गुणात्मक शिक्षा दिन क्याम्पस दत्तचीत रहेको सहायक क्याम्पस प्रमुख नवल यादवले बताए । क्याम्पसले असार १७ गते सम्म भर्ना फारम बुझाउने मिति तोकेको छ । त्यस्तै १८ शनीवार प्रवेश परिक्षा र त्यसको नतिजा १९ गर्ने भएको छ । श्रावण ३ गते सम्म भर्ना लिने र ५ गते देखी कक्षा संचालन गर्ने कार्यक्रम तय गरेको क्याम्पस प्रमुख डा. यादवले बताए ।
क्याम्पसले असार १६ गते सम्म स्नातोकोत्तर तहकोलागि भर्ना खोलेको छ । एम.बिं.एस.एम ए (आरडी÷समाजशास्त्र)एम .एड.(नेपाली,स्वास्थ्य र इपीएम)मा नयाँ भर्ना कार्यक्रम घोषणा गरेको हो ।
स्नातोकोत्तर तहको कक्षा असार १९ गते बाट संचालन हुने डा. यादवले जानकारी दिए ।भर्ना हुनकालागि प्रवेशिका देखी स्नातक सम्मको लब्धाङ्कं पत्र,स्थानान्तरण प्रमाण पत्र ,चारित्रिक प्रमाणपत्रको छायाकपी २ प्रति फोटो र बिदेशी बिद्यालयको भए प्रोभिजनल र माइग्रेसनको सक्कल बुझाउनु पर्ने क्याम्पस प्रमुख डा. यादवले बताए ।