बिद्यालयलाई कम्प्युटर बितरण

29

13523908_1417940648223228_555101997_o
बीरगंज १४ असार÷
संसदीय बिकास कार्यक्रम अन्र्तगत सभासद नागेन्द्र चौधरीले पर्साको क्षेत्र नं ४ मा रहेका नौ वाटा सामुदायीक बिद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरेका छन ।
पर्सा जिल्ला बिकास समितिको सभाकक्षमा मंगलवार आयोजीत एक कार्यक्रमका वीच कम्प्युटर हस्तान्तरण गरिएको हो । क्षेत्र नं ४ को महुवन,रंगपुर,मधुवन मथौल सुगौलीमा रहेका बिद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरिएको हो । प्रविधियुक्त शिक्षाकालागि सहयोगी होस भन्ने उद्धेश्यले कम्प्युटर बितरण गरिएको सभासद चौधरीले बताए ।
नेकपा एमाले पर्साका सहइन्चार्ज प्रहलाद गिरीको सभापतित्वमा भएको कार्यक्रममा सभासदहरु बिचारी यादव,राजकुमार गुप्ता,जयप्रकाश थारु नेकपा एमालेका कार्यलय सचिव गंगा बहादुर खड्का नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
बिद्यालयहरुलाई एचपी कम्पनीको ब्राण्डेड कम्प्युटरहरुको लागत ४ लाख पचास हजा रहेको बताइएको छ ।