बिसीसीका श्रेष्ठ अब्बल

45

13555700_1417944814889478_1725688237_o
बीरगंज १४ असार – बीरगंज कमर्श क्याम्पसको बिबिएस प्रथम वर्षको हालै प्रकाशीत परिक्षाको नतिजामा कलेजका सुमन श्रेष्ठले सर्वाधिक अंक हासिल हासिल गरेका छन । अध्ययनमा अब्वल प्रतिभाका धनी श्रेष्ठले ७४ प्रतिशंक अंका हासिल गरेको कलेजका कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।

श्रेष्ठले ११ र १२ मा पनि जिल्ला टप गरेका थिए । समान्य मजदुर परिवारमा जन्मिएका श्रेष्ठको यो सफलताले कलेजले समेत गर्भ पाएको भट्टराईको भनाई छ । श्रेष्ठका बुवा सवारी चालक हुन । गरीव परिवारमा जन्मिएका श्रेष्ठको अध्ययन प्रतिको लगावले उनलाई अब्बल बनाएको छ । सिधा सरल र मिजासीलो ब्यवहारका धनी श्रेष्ठ साथीहरुकावीच पनि मिलनसार लोकप्रिय र सहयोगीका रुपमा परिचित छन ।
बारा जीतपुर निवासी श्रेष्ठले भविष्यमा राम्रो र कर्मशील मान्छेको रुपमा आफनो पहिचान बनाउन चाहेको बताए ।