सीआइबीको कारबाही पछि अस्पतालमा खैलाबैला

35

14042016091222hospital-1000x0

वीरगंज, १६ असार – वीरगन्जमा नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकामाथि सीआइबीले कारबाही अभियान थालेपछि नारायणी उपक्षेत्रिय अस्पतालमा खैलाबैला मचेको छ । विगत लामो समयदेखि अस्पतालमा कार्यरत दुई कर्मचारीले एक्कासी राजीनामा दिएका छन् । राजीनामा दिनेमा फिजियोथेरोपी शाखामा २०४२ सालदेखि कार्यरत रहेका घनश्याम भण्डारी र नेत्र सहायक अरुण उप्रेती रहेका छन् । अस्पताल प्रशासन शाखाका अनुसार उप्रेती ०५७ देखि आ“खा विभागमा सहायकका रुपमा कार्यरत थिए । भण्डारीले असार ८ र उप्रेतीले १० गते राजीनामा दिएको हुन् । शैक्षिक योग्यता नपुगेकाले दुबै लामो समयदेखि करारमै काम गर्दै आएका थिए ।

नेत्र सहायकका लागि आइएससी अध्ययन गरी ३ वर्षको आँखा सम्बन्धि कोर्ष गरेको हुनुपर्छ । अध्ययन पछि काउन्सीलमा दर्ता भएका व्यक्ति मात्र नेत्र सहायक हुने प्रावधान छ । फिजियोथेरापिष्ट सहायकका लागि पनि काउन्सील दर्ता आवश्यक छ । लामो समयको अभ्यास र भनसुनको भरमा दुबै जना पा“चौ तहमा जागिर खाएका थिए । काउन्सील दर्ता बिनानै दुबै सहायक पदमा कार्यरत रहेका थिए ।

ETI copy

दुई साता अघि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका (सीआइबी) टोलीले शैक्षिक योग्याताको प्रमाणपत्र नक्कली भएको आरोपमा वीरगन्जका ९ चिकित्सकलाई पक्राउ गरेपछि दुबैले राजीनामा दिएको प्रशासन स्रोतको दाबी छ । चिकित्सकहरु पक्राउ परेपछि शैक्षिक योग्यता नपुगी जागिर खाइरहेका कर्मचारीबीच खैलाबैला मचेको हो । भण्डारी र उप्रेती बाहेक अनमी र इलेक्ट्रीसियन शाखाका कर्मचारी समेत नक्कली शैक्षिक योग्यताका आधारमा जागिर खाइरहेका छन् ।

नियुक्तिको बेला भारत विहार बोर्डको नक्कली शैक्षिक प्रमाण पत्र दिएका एक कर्मचारीले यस वर्ष नेपाल बोर्डबाट एसएलसी पास गरेको प्रमाणपत्र अस्पताल प्रशासनमा बुझाएका छन् । इलेक्ट्रीसियन चौथो तहका लागि एसएलसी उत्तीर्ण गरी सम्बन्धीत विषयमा २ वर्षको कोर्ष पुरा गरेको हुनुपर्ने प्रावधान छ । साल भरि अस्पतालमा डिउटी गरेर, तलब समेत बुझेका ती कर्मचारीले एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका छन् । जबकि नियमित एसएलसी परिक्षामा सहभागि हुन कम्तिमा ७० प्रतिशत कक्षामा हाजिरी भएको हुनुपर्छ ।

यसैगरि अनमीका लागि एसएलसी उत्तीण गरेको र अनमी कोर्ष गरी काउन्सीलमा दर्ता भएको हुनपर्ने प्रावधान छ । अस्पताल स्रोतका अनुसार यहाँ कार्यरत केही अनमी विना योग्यता नै जागिर खाइरहेका छन् । नेत्र र फिजियोथेरापिष्ट सहायकको राजीनामा पछि इलेक्ट्रीसियन र अनमीमा माथि पनि राजीनामाको दबाब बढेको छ । करारमा कार्यरत कर्मचारीका लागि उपक्षेत्रिय अस्पताल विकास समितिले ०६४ भदौमा स्थायीको विज्ञापन आह्वान गर्दा नक्कली शैक्षिक योग्यता भएका कर्मचारीले आवेदन फाराम भरेका थिएनन् ।

bit