पेनाल्टीमा पोल्यान्डलाई हराउँदै पोर्चुगल युरोकपको सेमिफाइनलमा

70

portugal-euro-2016_SUESpQ3XXw

काठमाडौँ, १७ असार – विश्व फुटबल स्टार लियोनल मेसी पेनाल्टीमा चुकेर कोपा अमेरिकाको उपाधि गुमाउँदा अर्का स्टार क्रिस्टियानो रोनाल्डोको टिमले पोर्चुगलले भने पोल्यान्डलाई टाइब्रेकरमा हराउँदै युरोकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

निर्धारित समय ९० मिनेट र थपिएको ३० मिनेटभित्र दुबै टिमले १ – १ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा  पोल्यान्डका ज्याकुब ब्लासचोकोब्स्कीको प्रहारलाई पोर्चुगलका गोलकिपरले रुई प्याट्रिसियाले रोकेपछि पोर्चुगन ५ – ३ ले विजयी भएको हो ।

पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । फाइनल प्रवेशका लागि पोर्चुगलले शुक्रबार राति वेल्स र बेल्जियमबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

bit

ETI copy