‘म माइकल लाल, सलमान साइकल लाल’ : शाहरुख

86

sarupsalman.jpg

मुम्बई, १७ असार – बलिउडका किङ खान शाहरुखले शुक्रवार बिहान ट्विटरमा एउटा फोटो सेयर गरेका छन् । सो तस्वीरमा उनका साथ सलमान खान देखिएका छन् । तस्वीर पोष्ट गर्दै शाहरुखले लेखेका छन् , “साइकल साइकलमा दाजु -भाई । कुनै प्रदूषण छैन ।  उनि साइकल लाल, म माइकल लाल’ ।

सो तस्वीरमा दुवै स्टार आ-अफ्नो साइकलमा एक साथ पोजमा देखिएका छन् । केहि समय पहिले सलमानले चलचित्र  सुल्तान सुटिङको क्रममा, उनि सुटिङ पछि एक बलात्कृत महिला जस्तो महसूस गर्ने गरेको कथन गरेका थिए  । साथै उनि थकानको कारण सिधा हिडन नसक्ने पनि बताएका थिए । उनले एक अन्तर्वार्तामा भनेका छन्, म सुटिङको क्रममा दिनभरिमा कयौ वजन उचाल्ने गर्दछु ।’

bit

नेशनल वुमन कमीशनको अध्यक्ष ललिता कुमार मंगलमले आयोगको तर्फवाट सलमानको उक्त बयान प्रति असन्तुष्टि जनाउदै सलामनलाई पत्र काटेकी छन्  । सो पत्रमा सलमानले किन त्यसो भने सोको स्पष्टिकरण मागिएको छ ।

शुक्रवार एक अन्तर्वार्ताको क्रममा शाहरुखसँग सलमानको  ‘रेप’ केसमा बोल्न अनुरोध गरिएको थियो ।  उनले ‘नो जजमेन्ट’ भन्दै उनि सो बिषयमा कुनै टिप्पणी गर्न नचाहाने  बताएका छन् ।