राष्ट्रिय चलचित्र पुरस्कार : उत्कृष्ट चलचित्र पशुपति प्रसाद

71

dyahang-_NH8bHxpv9U

काठमाडौँ, १७ असार – राष्ट्रिय चलचित्र पुरस्कार पशुपति प्रसादले पाएको छ । उत्कृष्ट अभिनेताको अवार्ड दयाहाङ राईले पाएका छन् भने उत्कृष्ट अभिनेतृ बनेकी छिन् नम्रता श्रेष्ठ ।

चलचित्र विकास बोर्डले बिहीबार आफ्नो वाषिर्कोत्सव पारेर ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ राष्ट्रपति भवनमै आयोजित एक समारोहमा पुरस्कार प्रदान गरिन । समारोहमा चरित्र अभिनेत्री बसुन्धरा भुसाललाई ‘दीर्घ साधना सम्मान-२०७२’ प्रदान गरियो ।

bit

खगेन्द्रले नलिँदा दयाहाङलाई पुरस्कार  

पुरस्कार यसपटक पनि विवादमुक्त्त भने हुन सकेन । सुरुमा उत्कृष्ट अभिनेताको पुरस्कार खगेन्द्र लामिछानेलाई दिने निर्णय जुरीले गरेको थियो । तर लामिछानेले सो पुरस्कार नदिने घोषणा गरेपछि दोस्रो नम्बरमा रहेका दयाहाङलाई पुरस्कार दिइएको बोर्डका एक कर्मचारीले जानकारी दिए ।

चलचित्र कबड्डी कबड्डीबाट अभिनेता दयाहाङ राईलाई पुस्कार दिइएको हो । अभिनेतृ नम्रता श्रेष्ठ भने चलचित्र क्लासिकबाट पुरस्कृत भएकी हुन् । क्लासिकबाटै सम्पादनतर्फको अवार्ड सुरेन्द्र पौडेलले पाए ।

पशुपति प्रसादलाई तीन पुरस्कार 

सोही कार्यक्रममा चलचित्र पशुपति प्रसादलाई तीन बिधामा पुरस्कार प्रदान गरियो । २०७२ सालको उत्कृष्ट चलचित्रको पुरस्कार पशुपति प्रसादलाई दिइयो । सोही चलचित्रका निर्देशक दिपेन्द्र के खनालले पाए । पुरस्कार नै नलिने घोषणा गरे पनि खगेन्द्र लामिछानेलाई उत्कृष्ट लेखकको पुरस्कार दिइयो ।

लामिछाने पुरस्कार समारोहमा उपस्थित नभए पनि चलचित्र विकास बोर्डको अनुरोधमा उनकी श्रीमती रोजिना सिटौलले सो पुरस्कार थापिन् ।

भुवनकै लागि नवनिर्देशक पुरस्कार 

नवनिर्देशकतर्फको अवार्ड चलचित्र ड्रिम्सबाट भुवन केसीले पाए । उनी अमेरिकामा भएकाले भुवETI copyनका बुबा मदनमोहन केसीले सो पुरस्कार ग्रहण गरे । नवनिर्देशकको पुरस्कार यसअघि थिएन । निर्णायक समितिका पाँच जनामध्ये तीन जनाले डिम्सलाई पनि पुरस्कार दिन प्रस्ताव गरेका थिए । भुवनकै लागि नवनिर्देशक विधामा अवार्ड दिने निर्णय जुरीको बहुमत भएको थियो । यस्तै छाँयाकारको अवार्ड पनि डिम्सबाटै पुरुषोत्तम प्रधान एवं सञ्जय लामालाई दिइयो ।

आदिवासी जनजातितर्फ उत्कृष्ट फिल्मकको पुरस्कार गुरुङ भाषाको युम्पो देउरालीले पायो । सो फिल्मबाट पुरस्कार थाप्न प्रतिनिधि समेत नपाएपछि विकास बोर्डले अदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारलाई माला र खादा पहिर्‍याएएको थियो ।

नगद बिनाकै पुरस्कार

चलचित्र विकास बोर्डले आठ वर्षदेखि यो पुरस्कार बाँडदैआएको छ । तर अहिलेसम्म पुरस्कार नगद बिनाकै छ । ट्रफीसँगै नगद पनि दिने बोर्डको सात वर्षदेखिको घोषणा यसपटक पनि लागू भएन । बोर्डसँग हाल पाँच करोडभन्दा बढी रकम मौज्दात रहे पनि यसका लागि बजेट बिनियोजन गरिएको थिएन । बोर्ड अध्यक्ष राजकुमार राईले पुरानै संस्कारलाई पछ्याए ।