नेपाल टेलिकमको ADSL सेवा

173

सतीश कर्ण/बिरगंज –  ‘राष्ट्र निर्माण हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले आज आङ्खनो १२ औं जन्मदिन मनाउ“दै छ । यो कम्पनी नेपाल राष्ट्रकै अग्रणी संस्थाहरुमध्ये विगत लामो समयदेखि पहिलो स्थानमा रहि मुलुकको शहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा छिटो छरितो तथा सर्वसुलभ रुपमा दूरसञ्चार सेवा प्रदान गरी आर्थिक विकासमा ठूलो योगदान पुरयाउ“दै आएको छ । यसले आधारभूत टेलिफोन सेवा, मोबाइल सेवा तथा इन्टरनेट सेवा दिई सूचना तथा सञ्चार क्षेत्रमा बदलिदो विश्व परिवेशलाई पछ्याउने दिशामा नेपालको प्रतिनिधित्व गरेको छ ।

सतिश कर्ण

सतिश कर्ण

कम्पनीले GSM को GPRS, EDGE, र 3G (WCDMA) प्रविधि, CDMA को भ्ख्म्इ तथा ध्ष्ःबह आदि प्रविधि गरी इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । Fixed Line अन्तर्गत म्ष्ब Dail Up, ADSL, Fibre Calbe ऋबदभि प्रयोग गरी इन्टरनेट संचालन गर्दै आएको छ । यहा“ कम्पनीले प्रदान गर्ने आधारभूत टेलिफोन सेवा मार्पत दिइने ADSL सेवाको बारेमा संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

ADSL (Asymmetric Digital Subscriber Line) टेलिफोनको तार मार्फत द्रुत गतिमा Date सम्प्रेषण गरी इन्टरनेट चलाउन सकिने एउटा प्रविधि हो । यसमा Downlink तथा Uplink गर्ने गति फरक–फरक भएको हुँदा यसलाई Asymmetric भनिएको हो । साथै एउटै तारबाट उही समयमा Voice र Date दुवै सञ्चार हुने Frequency पनि फरक–फरक भएकोले सेवा तथा बिलिङ्गमा एक अर्कामा असर (Inteference) नपर्नु नै यस प्रविधिको प्रमुख विशेषता हो ।

यो सेवा टेलिफोनको तार पूर्ण रुपले दुरुस्त भएको अवस्थामा टेलिफोन अफिसबाट ४.५—५ कि.मी.सम्मका ग्राहकले उपयोग गर्न सक्दछन् । त्यसकारण ग्राहकको घर जति जति नजीक भयो त्यति त्यति सेवाको गुणस्तर उच्च र स्थायी हन्छ ।

ADSL सेवाका फाइदाहरू

—सधैं सुचारु हुने (Always On)

—कम खर्चिलो (Inexpensive)

—तेज (Fast)

—जडान गर्न उच्च स्तरको प्राविधिक नचाहिने (No Engineer Install)

—फराकिलो पहुँच (Wider Coverage)

—एकै समयमा टेलिफोन र इन्टरनेट प्र्रयोग गर्न सकिने (Using Voice and Date at the same time without Interference)

यसको सकारात्मक पाटो हुन्दैहुँदै  पनि यो एक प्रविधि भएकोले यसमा कमी कमजोरी नहुने कुरा हु“दैन । अझै भन्नुपर्दा नेपालको सन्दर्भमा यस सेवाको प्रवाहमा ग्राहकलाई चाहेजति भरपर्दा सेवा दिन नसकेको यथार्थ विद्यमान छ । जसका दुइ वटा कारणहरु छन् — आन्तरिक र बाह्य कारण ।

आन्तरिक कारणमा विद्युतको समस्या, सर्भरमा आउने समस्या, ठाउँठाउँमा (Optical Fibre) काटिई (Link) फेल हुने, टेलिफोनको तारको उचित मर्मत सम्भार नहुने समस्या आदि । यी समस्याहरुको निराकरणका लागि कम्पनी सदैव तत्परताका साथ लागिरहेको छ ।

बाह्य कारण जुन ग्राहकको घरभित्र आउने समस्या जस्तैः टेलिफोनको तारको Internal Wiring, जोडन नजान्ने, ADSL मोडेम (राउटर) Set Up गर्ने ज्ञानको कमी, Wi Fi को पासवर्ड परिवर्तन गर्दा राउटर नै Reset गरिदिने, Balance सकिएको अवस्था पहिचान गर्न नसक्ने, पासवर्ड चोरिने, कम्प्यूटर लगायतका सामग्रीहरुमा Virus लागेको, कम्प्यूटर Format गर्दा Network Interface Card को Driver Update नभएको समस्या आदि ।

जे जसरी भएपनि ती समस्याहरूलाई चिर्दै भरपर्दो सेवा दिन प्रतिबद्ध रही आएको यस कम्पनीले ग्राहकवर्गलाई पनि आ–आङ्खनो तह र तप्काबाट सचेत र सजग रही सेवा प्रयोग गर्न आग्रह गर्दछ । ग्राहकवर्गको सानो प्र्रयासबाट यो सेवाको निरन्तरता रहन्छ । कम्पनी र ग्राहकबीचको सम्बन्ध अन्योन्याश्रित छ । त्यसकारण ADSL सेवा गुणस्तरीय रुपमा प्रवाह तथा उपयोग गर्न, यसको प्रभावकारिता कायम गर्न गाहकवर्गको पनि उत्तिकै दायित्व हुन आउछ ।

img_cabling

ADSL नचलेको अवस्थामा द्यबबिलअभ भए नभएको यकिन गर्नुपर्दछ । कम्पनीको वेवसाइट (www.ntc.net.np) मा गएर Web-Self Care बाट आफ्नो  Validity सम्बन्धी तथा अन्य जानकारी लिन सकिन्छ । ADSL जडान गर्दा स्पीलीटरको एउटा Port भएको साइडमा (जहाँ Line लेखेको हन्छ) टेलिफोनको मुख्य तार जोड्नुपर्दछ अर्को छेउमा Modem लेखेको Port बाट मोडेम (राउटर) मा जोड्नुपर्दछ साथै Phone लेखेको Port बाट फोन सेटमा जोड्नुपर्दछ । यसरी जोड्दा राउटरमा Link/ADSL/DSL मा LED बल्नुपर्दछ । फोन एक्सटेन्सन गर्नु परेको अवस्थामा Phone लेखेको Port मा तार जोडी त्यस तारबाट एक्सटेन्सन गर्नुपर्दछ । अरू समाधानका उपायहरूमा Internal Wiring हटाउने, Wi Fi को Password सेट गर्दा १,२,३,८ जस्ता चिन्हहरूको प्रयोग गर्ने, Wi Fi को नाम (SSID) अदृश्य राख्ने, १९८ मा शिकायत दर्ता गराउने, प्राविधिकस“ग सम्पर्क गर्ने जस्ता कार्यहरू गर्नुुपर्दछ ।

अन्त्यमा भन्नुपर्दा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा विकासको काम चा“डो हुने जसको फलस्वरुप नागरिकको आर्थिक अवस्था पनि सुदृृढ हने कुरा निर्विवाद भएको हुनाले नेपालको सन्दर्भमा ADSL प्रति ग्राहकहरुको झुकाव अति हुनु नै यो सशक्त प्रविधि प्रमाणित भएको पुष्टि हन्छ । त्यसकारण कम्पनी तथा ग्राहकवर्ग मिली यसको सदुपयोग गर्न आजैबाट लागौं भन्ने आग्रह यस आलेखबाट अनुरोध छ ।