प्रेमले जिन्दगीको आभाश दिन्छ

141

बीरगंज १३ घरीअर्वा निवासी सिमरन बिष्ट नेशनल इन्फोटेकमा १२ मा अध्ययनरत छिन । अध्ययनमा अब्बलै रहेकी सिमरनको मोडलिङमा पनि रुची छ । एउटा सफल छोरी, श्रीमती, दिदी बन्ने ध्याउन्नमा छिन । उनको भविष्यको योजना पनि यही हो । उनै सिमरन संग सुयश श्रेष्ठले उनको रुची लगायतका बिषय जान्ने प्रयास गरेका छन ।

तपाईको रुची के छ ?

– अध्ययन,गीत गाउने र लेखन अभ्यास गर्ने मेरो रुची हो । उपन्यास पनि पढन मन पर्छ ।

तपाईलाई मन पर्ने स्थान ?

-मुस्ताङ

मन पर्ने नायक ?

-रनवीर कपुर

मन पर्ने नायिका ?

-आफै

मन पर्ने खाना ?

-चाइनीज खाना

प्रेम के हो ?

-प्रेम भनेको त्यो कुरा हो जसले आफू जीउदो भएको आभाश गराउछ ।

प्रेम प्रस्ताव कतिको आउछ ?

-टन्नै आउछ

आफूले चाही कसलाई प्रस्ताव गरियो त ?

-‘नो वे’ मैले कसैलाई प्रस्ताव गरेको छैन ।

सपनाको राजकुमार कस्तो होस भन्ने लाग्छ ?

-समान्य मान्छे जसले आफूलाई  धेरै सो नगरोस ,जागीर भएको होस ,साधारण जीन्दगी जीउने मान्छे नै मेरो सपनाको राजकुमार हो ।

छुट्टी कसरी मनाउनु हुन्छ ?

परिवारसंग बसेर साथीसंग मिलेर

उटपटयाङ्ग काम कति गरियो ?

खासै त्यस्तो गरिएन । साथीहरु पनि खासै छैनन ।

भविष्यको योजना के छ ?

एउटा असल श्रीमती बन्ने, छोरी र दिदी बन्ने नै मेरो भविष्यको योजना हो । आफूले गरेको काम सफ होस भन्ने गरि काम गर्नु पर्छ भन्ने नै हो ।