उपक्षेत्रीय अस्पताललाई सर्जिकल सामग्री

76

वीरगन्ज, २० असार – नेपाली कांग्रेसका सांसद तथा युवा उद्यमी अनिल कुमार रुंगटाले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा सर्जिकल सामग्री हस्तान्तरण गरेका छन् । शल्यक्रिया कक्षमा अति आवश्यक मानिने फोकस लाइट लगायतका सामग्री नहु“दा चिकित्सकले टर्च बालेर बिरामीको शल्यक्रिया गर्ने गरेका थिए । अस्पताल प्रशासनस“ग पटक पटक बत्ती मर्मत वा नया“ जडानका लागि आग्रह गर्दा पनि विगत ७ महिनादेखि सुनवाई नभएको शल्य चिकित्सकहरुले गुनासो गरेको समाचार उजागर भएको थियो । सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच कांगे्रसका केन्द्रीय सदस्य रमेश रिजालले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरिक्षण यादव र विकास समितिका अध्यक्ष डा.रामदेव कलवारलाई २ लाख ५० हजार रुपैया“ बराबरको सर्जिकल सामग्री हस्तान्तरण गरेका थिए । अर्थोपेडिक अपरेशन गर्दा प्रयोग हुने ड्रील मेसिन दुई थान, अपरेशन टेबलमा प्रयोग हुने फोकस लाइट, इसीजी मेसिन, र बिजुली कट्दा प्वार ब्याकअफका लागि दुई थान ब्याट्री र इन्भटर रहेका छन् ।

_DSC1059

सांसद रुंगटाले पार्टीगत र राजनीतिक लाइन भन्दा माथि उठेर अस्पताललाई सहयोग गरेको धारणा व्यक्त गरेका थिए । मध्य मधेसको एक मात्र उपक्ष्ँेत्रीय अस्पतालमा सेवाग्राहीले सहज र सरल रुपले चिकित्सकीय सेवा पाउन भन्ने उद्देश्यले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सर्जिकल सामग्री हस्तान्तरण गरेको उनले जनाए । अस्पतालको स्तरोन्नतीका लागि आफू हरेक कोणबाट सहयोग गर्न तयार रहेको सांसद रुंगटाले बताए । अस्पताल विकास समितिका अध्यक्ष डा.तिवारीले उपक्षेत्रीय अस्पतालले सेवा विस्तार गर्दै गएको सुनाए । अस्पताल स्तारोन्नतीमा स्थानीयको सहयोग अनिवार्य रहेको उनले औ“ल्याए ।

कार्यक्रममा कांग्रेसका केन्द्री सदस्य अजय चौरसिया, पूर्व सांसद अजय द्धिवेदी, युवा नेता राकेश सिंह, क्ष्ँेत्रीय अध्यक्ष बिजय सर्राफ, अरविन्द गुप्ता, श्याम पटेल, रमेश पान्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, प्रेस युनियनका मधेस विभाग प्रमुख विजय कुश्वाहा लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा १० जना फर क्ष्ँमता भएका व्यक्तिलाई व्हील चेयर समेत वितरण गरिएको थियो । व्हील चेयर पाउनेमा बगहीका मुन्सी पटेल, बेल्वाका मनिश राम, बहुअरवाभाटाका अजय चौरसिया, वीरगन्ज १३ का शिवशंकर प्रसाद साह, ललन साह, सुगौलीका मो.सरताज अन्सारी, कलैयाका शिवचन्द्र पासवान, ब्रहमपुरीका लालबाबु ठाकुर, बहुअरवाभाटाका रन्जीत चौहान, सम्भौताकी सम्पक्ति कुमारी रहेका छन् ।