डिसेम्बरमा आमा बन्दै करिना

135

मुम्बई, २० असार – केही सातायता सार्वजनिक कार्यक्रममा देखा पर्न छाडेकी अभिनेत्री करिना कपुर आमा बन्दैछिन्। उनका पति एवं अभिनेता सैफअली खानले यो कुरा पुष्टी गरेका छन्।

आफ्नो नयाँ सन्तान हुन लागेको उनले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। सैफअलीले भने, ‘तपाईंहरु सबैको आर्शिवाद र साथको लागि धन्यवाद, डिसेम्बरमा हाम्रो पहिलो सन्तानको यो धर्तीमा आगमन हुने कुरा सुनाउन पाउँदा मलाई खुसी लागेको छ र मिडियालाई पनि सम्मानित व्यवहार एवं यो बिषयको धैर्यताको लागि धन्यवाद।’

आमा बन्ने भएपछि उनी केही समयदेखि आराम गरिरहेको पनि सैफअलीले बताएका छन्। ‘पछिल्लो समय उनले फिल्महरु स्वीकार नगर्नुको कारण पनि गर्भवती हुनु नै हो।’ उनले भने । सन २०१४ मा सैफअली र करिनाको विवाह भएको थियो। त्यसपछि फिल्ममा फर्किएकी करिनाले बजरंगी भाइजानसहित केही फिल्म खेलेकी थिइन्।