नयाँ सरकार गठन गरिए संसद विघटनः विजुक्छे

68

भक्तपुर, २० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले एमाले नेतृत्वको सरकार परिवर्तन गरी नयाँ सरकार गठन गरिए संसद विघटन हुने बताएका छन् ।

भक्तपुरमा रफत सञ्चार क्लवले सोमबार गरेको साक्षात्कारमा उनले ओली सरकार परिवर्तन गरिए संसद विघटन भइ निर्वाचन हुने बताए । उनले भारतीय डिजाइनमा अहिले सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाए ।

नेपालमा रहेका ठूला राजनीतिक दलका १० प्रतिशत र २२ हजार कर्मचारी भारतको एजेण्डामा काम गर्ने गरेको पनि विजुक्छेले आरोप लगाए ।

वर्तमान प्रधानमन्त्रीसँग ओलीसँग गोली भरिएको बन्दुक रहेको चर्चा गर्दै नेमकिपा अध्यक्ष विजुक्छेले यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन हुने बताए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भारत ससंकित भएको र आफ्नो एकाधिकार पूँजिको बर्चस्व तोडिन लागेको संकेत पाएकाले भारतले नेपालमा सक्रियाता बढाउनकै लागि ओली सरकार ढाल्न लागेको आरोप लगाए ।

भारतीय राजदूत गुप्तचर

विजुक्छेले नेपालका लागि भारतीय राजदूत रन्जित रेले गुप्तचरको रुपमा काम गरेको आरोप लगाए । भारतीय राजदूत रन्जित रे राजदूतका रुपमा काम नगरी गुप्तचरको रुपमा काम गरेको उनको आरोप थियो । राजदूत रेलाई तत्काल फिर्ता पठाउन पनि उनले सरकारसँग माग गरे ।