बेलायतमा अभ्यास खेल्न जाने नेपाली टोलीको घोषणा

75

काठमाडौं, २० असार । बेलायतमा अभ्यास खेल खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गएिको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधिसहितको छनौट समितिले पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेसवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी र सुवास खकुरेल परेका छन् ।यस्तै करण केसी, अनिल मण्डल, सन्दिप लामिछाने, विक्रम सोब, राजु रिजाल र राजेश पुलामी मगर परेका छन् ।

आइसीसी प्रतिनिधि वेङकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले खेलाडी चयन गरेको हो ।

नेपालले आउँदो साउन ४ गते बेलायतको मार्लेबोन क्रिकेट क्लब एमसिसीसँग अभ्यास खेल खेल्दैछ ।