बेल्वा पर्साकै पहिलो पूर्ण खोपयुक्त गाविस

83

वीरगन्ज, २० असार – पर्साको नमुना गाविस बेल्वा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ । श्री शारदा प्रा.बि बेल्वा भेडियाहीमा सोमबार आयोजित एक समारोहका बिच बेल्वालाई पुर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो ।

गाविस सचिव अनिल सुवेदीको सभापतित्वमा सम्पन्न घोषणा समारोहमा प्रमुख अतिथी पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले बेल्वा गाबिसले पूर्ण खोप युक्त गाबिस घोषणा गर्न सफल भएकोमा धन्यवाद दिदै यस कार्यलाई निरन्तरता दिन स्थानिय बासिन्दा र सरोकारवालाहरुलाई आग्रह गरेका थिए । सरकारले बालबालिकाहरुका निम्ती करोडौं खर्चेर खोप कार्यक्रम ल्याए पनि जनचेतनाको अभावमा खोप कार्यक्रम पुर्णरुपमा सफल हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

BIT

जिल्लामा बेल्वा गाबिस छुटै पहिचान र बिशेषता बोकेको गाबिस भएकोले अब बेल्वाले शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिई छिटै खुल्ला दिशामुक्त गाबिस घोषणा गर्न तर्फ अग्रसर हुन जोडदिएका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथी जिल्ला जन स्वास्थ्य कार्यालय पर्साका प्रमुख राज किसोर पंडित, शिक्षाविद्ध एवं हरी खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादव, डब्लु.एच.ओ.आई.पी.डी को क्षेत्रिय निर्देशक डा.नरेन्द्र कुमार झा, एनजीओसीसीका अध्यक्ष रामनरेश यादव, गाबिस स्तरीय विश्वास सामुदायिक संस्थाका अध्यक्ष सुलेमान अंसारी, जनस्वास्थ्य कार्यालय पर्साका शचितानन्द सिंह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै निरन्तरताको लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा अभियानमा सहयोग गरेका स्थानिय स्वयंसेबिका, क्लबका प्रतिनिधी र स्वास्थ्यकर्मी तथा सरोकारवालाका प्रतिनिधीहरुलाई प्रशंसा पत्र दिई सम्मान गरिएको थियो । सो अवसरमा स्वास्थ्य चौकीको लागि जग्गा दान गर्ने जग्गा दाता केश्वरदास थारुलाई प्रमुख अतिथीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।