यस्ता छन् बिहान चाँडै उठ्दाका फाइदाहरु

212

काठमाडौँ, २० अस्सर – बिहान चाँडै उठ्नु निकै कठिन काम लाग्दछ । तर, तपाई चुस्तदुरुस्त रहन चाहनु हुन्छ भने बिहान चाँडै उठ्ने बानी बसाल्नु राम्रो हुनेछ । एक अध्ययनका अनुसार बिहान चाँडै उठ्नेहरुको बुद्धि बिहान ढिला उठ्नेहरुको तुलनामा तेज हुने गर्दछ ।

बिहान चाँडै उठ्ने र हल्का ब्यायम गर्दा तपाई शारीरिक र मानसिक रुपमा फिट रहनु हुन्छ । यदि तपाई बिहान चाँडै उठ्ने गर्नु हुन्छ भने तपाईको पूरै दिनचर्या सही र समयमा हुने गर्दछ । यसबाट तपाईको दिमाग तेज हुन्छ र काम गरेपछि पनि तपाईलाई थकानको अनुभूति हुने छैन । यसबाहेक पनि बिहान चाँडै उठ्दा निम्न कुराहरुमा लाभ प्राप्त हुने गर्दछ:-

  • ब्रम्ह मुहूर्तमा उठ्दा मानिसको दिनचर्या नियमित हुन्छ । उसले व्यायम, स्नान, भोजन वा आरामका लागि पर्याप्त समय निकाल्न सक्दछ । सुर्योदयभन्दा करिब डेढ घण्टा पूर्वको समयलार्य ब्रम्हमुहूर्त भन्ने गरिन्छ । यो समयमा व्यायम, मर्निङ वाक, जंगिङ, स्वीमिङ आदिका लागि समय निकाल्नुस् । ताजा हावा, घाम र प्राकृतिक माहोल महशुस गर्नुस् । यो सबै गर्दा तपाईभित्र ऊर्जा प्राप्त हुनेछ, जसबाट तपाईको शारीरिक र मानसिक विकास राम्रोसँग हुने गर्दछ ।
  • बिहान चाँडै उठ्दा तपाईले दिउँसो आराम गर्ने समय पनि पाउनु हुनेछ । जुन तपाई आफ्नो परिवारजन वा मित्रहरुका साथ बिताउन सक्नु हुन्छ । त्यति मात्र होइन, तपाई गार्डनिङ पनि गर्न सक्नु हुन्छ, साथै तपाई त्यो काम गर्नुस् जुन तपाईको रुचीमा पर्दछ । त्यसबाट तपाई दिनभर तनावमुक्त रहनुहुनेछ ।
  • पत्रिका पढ्नुस, अनलाइन समाचार पढ्नुस वा टेलिभिजनमा समाचार हेर्नुस र थाहा पाउनुस् संसारमा के भइरहेको छ। तपाई जुनसुकै पेसामा भए पनि इन्फरमेटिभ हुँदा अरुभन्दा अलग र अगाडि देखिनु हुनेछ ।
  • आफ्नै पूरा दिनको चेकलिस्ट बनाउनुस् । जसमा तपाई दिनभरमा के के गर्दै हुनुहुन्छ, त्यो लेख्नुस् । यसबाट तपाईलाई आफ्नो दिनभरको प्लान मात्र होइन, कुनै जरुरी कुरा याद राख्न पनि सहयोग पुग्नेछ । एजेन्सी