सम्बन्ध विच्छेदको दस्तुर कति लाग्छ ?

586

सिमसिमे पानीको झरीमा एक महिला जिल्ला अदालत भक्तपुरमा हत्तासिएको अवस्थामा भित्र पस्छिन् । भित्र पस्ने वित्तिकै उनको आखा अदालतको प्राङगढमा रहेको सुचना तथा साहयता केन्द्रमा जान्छ । र एकदमै मसिनो आवाजनिकाल्दै उनी भन्छिन “ दिदी एउटा कुरा सोधु , सम्बन्ध विच्छेद गर्न कति दस्तुर लाग्छ ?” सुचना केन्द्र कि महिलाले भन्नु भयो सम्बन्ध विच्छेद गर्न पैसा लाग्दैन । एक पटक तपाई कानूनी साहयता केन्द्रमा जानुस त त्यो हजुर जस्ता महिलाहरुको लागि खोलिएको केन्द्र हो । उनीलाई यसबारे केहि जानकारी नभएकोले अन्यौलमा पर्छिन जाउ कि नजाउ ।

मध्यपुर थिमिनगरपालिका वडा नं ७ बस्ने “क” नाम गरेकी वर्ष ३० कि महिला महिना दिन देखी जिल्ला अदालत धाउदै थिइन सम्बन्ध विच्छेदको बारेमा जानकारी लिन तर उनलाई एक वकिलले हजारौ रुपिया खर्च हुन्छ भनेर सुनाई दिएपछि , दिनको गुजारा चलाउन गा¥हो हुने उनलाई कसरी हजारौ खर्च गर्न सक्छु भन्ने चिन्ताले सताई रहेको थियो । एकातिर १२ वर्षे नानी र अर्कोतिर गारमेन्ट उद्योगमा काम गरेको ज्यालाले दिनको गुजारा चलाउन त गा¥हो म हजारौ रुपिया कहाँबाट ल्याऊ उनले भनिन ।

पुरानो ठिमी बस्ने राजकुमार सुनार सँग १३ वर्ष पहिले “ग” नाम गरेकी महिलाको मागी विवाह भएको थियो । विवाहको केहि दिनसम्म सम्बन्ध राम्रै थियो । सासु र ससुराबाट मैले पाउने माया पाइरहेकी थिए उनले भनिन । तर एक्कासी पतिले मलाई यातनादिन सुरु गर्नु भयो । सुरुमा विनाकारण पतिको एक दुई झापड मैले सहे तर समय वित्दै गयो , पतिले दिने यातना सहने सीमा नाघ्यो उनले थपिन । त्यति बेला मेरो गर्भमा ६ महिनाको नानी थियो उनले यसो भनिरहदा गहभरि आशु थियो ।

आशुका थोपा पुछ्दै उनले थपिन कैयौ दिनसम्म मैले घर परिवारलाई भनिन र बेलुका हुने वित्तिकै सासु सँग सुत्न जान्थे । मलाई यातना दिदै आएको कुरा एक दिन ससुराले चाल पाउनु भयो । रात पर्ने वित्तिकै पतिको यातना खप्न बाध्य हुन्थे । परिवारहरुलाई शंकालागेर बुहारी तिमीलाई राजकुमारले पिटछ हो भन्नु भयो मैले हो आमा उहाले मलाई ६ महिना देखि यातना दिदै हुनुन्छ भने । त्यसपछि पति आउना साथ ससुराले मेरो पतिलाई पिटनु भयो । मेरो विरुद्धमा घर परिवारसँग कुरा गरेको भनेर पति म माथि झनै जाई लागे । र अन्तमाम सासु कै सल्लाहले सम्बन्ध विच्छेदको स्थितिमा आई पुगे । तर सम्बन्ध विच्छेदको जानकारी नहुदा म अन्यौलमा परिरहेछु ।

त्यस्तै गरि भक्तपुर नगरपालिका वडा नं ७ कि “ख” नाम गरेकी वर्ष २२ कि महिला पनि अन्यौल स्थितिमा थिइन सम्बन्ध विच्छेदको कानूनी प्रकृया के हो भनेर । उनी पनि घरपरिवारको यातना सहन नसकि अदालतको द्धारसम्म आउनु परेको बताउछिन । कहिले पनि अदालत आउनु परेको थिएन, यस बारे केही जानकारी नभएको उनले बताइन । उनले पटक पटक सम्बन्ध बिच्छेद गर्ने कुरा दोह¥याई मात्र रहिन ।

ख नाम गरेकी यि महिला आफनो काका ससुराको घिन लाग्दो व्यवहारको शिकार भएको र पति र परिवारले शंका गरि जबरजस्ती घरबाट निकालेको बताउछिन् ।

हाम्रो परिवार संयुक्त परिवार हो उनले भनिन घरमा सासु , ससुरा ,देवर , काका ससुरा र सासु मिलेर बसेका थियौ । एक दिन हाम्रो नातेदारमा भोज थियो । भोजमा सबैजना जानु भयो । म गइन मेरो २ महिनाको गर्भ थियो । मलाईजान मन लागेन । त्यो दिन सबै जना उतै बस्नु भयो । म एक्लै भएको मौका छोपि काका ससुरा एक्कासी ढोका ढकढकाउन आउनु भयो । मैले हतारमा ढोकाखोले र काका हजुर किन आउनु भएको यति बेला मेरो कोठामा भन्दा रक्सीले मात्तिएको काका ससुराले मेरो हात समातेर ओच्छान तिर घिसार्नु भयो । मैले गुहार गुहार भने कोहि पनि आएनन् । मैले प्रतिकार गर्ने शिलशिलामा धारिलो हतियार काका माथिप्रहार गरे । उ करायो लौनमलाई यसले मारि बचाउ बचाउ भन्यो । उल्टै मलाई अरुको अघि नराम्रो देखायो । तर मैले समाजको अघि प्रतिकार गरे । मलाई यसले दिएको यातना तिमीहरुले देखेनौ तर यो पापीले भनेको झुठो कुरामा विश्वास गरेर मलाई नानाकुरा गर्ने थुक्क चाहिदैन तिमिहरुको समाज भनेर म घर परिवारबाट छुटिएर माइत आए र अदालतको ढोका सम्म पुगेपनि कानूनी प्रक्रियाबा बारेमा नबुझेका कारण उनी ऋन्इँैलमा छिन ।

पति पत्नीविचको सम्बन्ध चिसो भएपछि एक अर्काबाट मुक्ति पाउनकोलागि कानूनको साहयता लिनुपर्छ । तर त्यहि कानूनी साहयता पुरुषको हकमा लामो छ भने महिलाको हकमा सानो छ । महिला सिधै अदालत आएर सम्बन्ध विच्छेदको लागि फिराद गर्न सक्छिन । तर सामन्यजानकारी नहुदा पीडामा छटपटाई रहेका महिलामाथिझनै पीडा थपिन सक्छ ,माथिका घटनाका महिलाले पाएको अन्यौलता जस्तै । माथिका यि दुवै महिलाका समस्या एउटै थिए । तर कानूनी प्रकृयाको बारे जानकारी नहुदा अन्यौलमा छन उनीहरु ।

सम्बन्ध विच्छेदको प्रकृया के हो भन्ने कुराको पनि जानकारी पीडितलाई नहुदा थुप्रै महिला दलाल र वकिलहरुबाट ठगिएका छन भन्नुहुन्छ , कानूनी साहयता केन्द्रकी सदस्य निर्मला सुवाल । सयौको हाराहारीमा यस्ता घटना फेलापार्न सकिने सुवालको ठोकुवा छ । ४० हजार भन्दा कम वार्षिक आय भएका महिलाले निःशुल्क कानूनी सेवा प्राप्तगर्न सक्छिन । यसकालागि अदालतले वडामा गई बुझने गर्दछ । कानूनी साहयता केन्द्रमा इजलासमाहुने बहसको मात्रनिशुल्कहुने हो तर कोर्ट शुल्क र फोटो कपि शुल्क जो उजुरी दिनअउछन उनैको लाग्ने सुवालको भनाई छ । त्यस्तैगरि नेपालवार एशोसियसन भक्तपुर कि महिला सरोकार समिति सदस्य तारा पोखरेल भन्नुहुन्छ ,“ अहिले थुप्रै संघ सस्था र स्वयम सरकारी स्तरबाट विभिन्न समस्याको समाधानको लागि जनचेतना फैलाई रहेको छ , त्यसैमा यस्ता खाले घटनाको पनि यो यो कानुनी प्रकृया हो भनेर जानकारी दियो भने नबुझने महिलाको लागि सजिलो हुने थियो ।

अहिले यि दुवै महिलाको कानूनी साहयता केन्द्रबाट अदालतमा मुद्दा चलिरहेको छ ।