इदको अवसरमा भोलि सार्वजनिक विदा

4303

वीरगंज, २२ असार – इस्लाम धर्मालम्बीको पवित्र महिना रमादान भोलि समापन हुँदैछ । इदकोरुपमा भोलिदेखि रमादान समापन हुन लागेको हो । सरकारले इदको अवसरमा सार्वजनिक विदा दिने ब्यवस्था गरेको छ ।

जुलाइ ७ अर्थात असार २३ मा यस वर्षको इद परेको छ । यसै अनुसार भोली सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा प्रतिष्ठानहरु बन्द हुनेछन् ।

हिजरी सम्वतको रमजान महिनाभर रोजा अर्थात व्रत बसेपछि मुसलमान समुदायले इदुलफित्र मनाउँछन् ।