पर्सामा फ्रि मिडिया नेटवर्क गठन

337

बीरगंज २१असार – बीरगंजमा पत्रकारको सुरक्षामा काम गर्नकालागि फ्रि मिडिया नेटवर्कको गठन भएको छ । पत्रकारहरुको भौतीक सुरक्षाका निम्ति नेटवर्कले काम गर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र बिष्टले जानकारी दिए । डा.बिष्टले आफना कामहरुको समिक्षा गर्दै पत्रकारहरुकोलागि सुरक्षीत वतावरण बनाउन महासंघ लागि परेको बताए । पत्रकाहरुकालागि सुरक्षा चुनौतीको बिषयमा भएको छलपल पश्चात नेटवर्कको गठन गरिएको हो ।

आन्दोलनका बेलामा पत्रकारहरुको सुरक्षा चुनौती बढने गरेको यही प्रवृति पनि भविष्यमा पत्रकारहरुको भौतीक सुरक्षाको चुनौतीको रुपमा रहेको सहभागीहरुले बताएका थिए । पत्रकारहरुको भौतीक सुरक्षाका निम्ति पेशागत शुद्धतामा पनि ध्यान दिनु पर्नेमा सबैले जोड दिएका थिए । ब्यवसायीक पत्रकारिताको धर्म निर्वाह गर्दै भौतीक सुरक्षको चुनौतीलाई न्यूनीकरण गर्नलागि सहभागिहरुले सुझाएका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारको संयोजकत्वमा गठन भएको नेटवर्कको सदस्यमा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी,जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता, नेपाल बार एशोसिएशन पर्साका अध्यक्ष ,बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष ,बीरगंज महिला जागरण समाजका अध्यक्ष,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र जिल्ला शाखाका पूर्व अध्यक्षहरु सदस्यको रुपमा रहेका छन । नेटवर्कले पत्रकारका बिभिन्न संगठनहरुलाई पदेन सदस्यका रुपमा आमन्त्रण गर्न सक्ने छ ।

बीरगंजको होटेल मकालुमा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे,पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणी गौतम, प्रेस सेन्टर नेपालका अध्यक्ष गोविन्द आचार्य पत्रकारहरु महेश दास मछाने शत्रुघ्न नेपाल दीपेन्द्र चौहान बिजय कुशवाहा महेशचन्द्र गौतम नेपाल बार पर्साका अध्यक्ष प्रमोद साह अधिवक्ता बीरेन्द्र यादव लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।