मधेशी जनतलाई चनाखो बस्न सांसद कर्णको आग्रह

474

वीरगंज, २२असार÷

सदभावना पार्टीका सांसद एवं पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णको संसदीय कोषको रकम बाट बुधवार वीरगंजमा कम्प्युटर र साइकल बितरण गरिएको छ । सांसद कर्णको कोषबाट पर्सा जिल्लाका बिभिन्न बिद्यालयमा अध्यनरत ४० जना बिद्यार्थीहरुलाई साईकल बितरण गरिएको हो ।
यसैगरी सांसद कर्णकै संसदिय कोषको रकमबाट शशीधर कृष्णा तिवारी प्रा.बि बिरन्चीबर्वा लाई २ थान , दिपनारायण आर्दश उच्च मा. बि औराहा पंचगाँवा ,फेवाताल बचत तथा ऋण सहकारी संस्था जानकीटोला,नेपाल धानुक समाज जिल्ला कार्य समिती पर्सा , नेपाल राष्ट्रिय मा. बि सेढवा बिर्ता , जन जागरण युवा क्लब , श्री ने.रा. नि. मा. बिद्यालय बस्डिलवा र ग्रामिण संस्था बिकास केन्द्र वीरगंज– २३ हरपतगंजलाई एक एक थान कम्प्युटर बितरण गरिएको सद्भावना पार्टीले जनाएको छ ।
जगदिस पटेलको सभापतित्वमा सम्पन्न बितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं सांसद लक्ष्मणलाल कर्णले अगामी दिनहरु पनि जनता संग प्रत्यक्ष सरोकार राख्ने बिकास निर्माणको काम संगै साईकल र कम्प्युटर बितरण जस्ता कार्यलाई निरन्तरता दिने बताए ।

उनले बदलिदो युगमा कम्प्युटर शिक्षाको महत्व बढदै गएकोले आफुले कम्प्युटर बितरणमा बिशेष ध्यान दिएको बताए । उनले संसदीय बिकास कोषकोे रकम पहाडमा राम्रो सदुपयोग भएको र मधेसमा कार्यकर्ता पोस्ने काम मात्र भएकोले यस प्रति मधेसी जनतालाई चनाखो बस्न आग्रह गरे । वीरगंज स्थित चित्रगुप्त मन्दिरमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सदस्य अशोक सिंह, नेताहरु पंकज अग्रवाल, राजकुमार साह, अंगद हजरा, रामअशिष धानुक, अशोक कुर्मी , केन्द्रीय सल्लाहकार रामचन्द्र कुर्मी , क्षेत्र नं. ५ का क्षेत्रीय अध्यक्ष जटाशंकर र वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ लगायतको उपस्थिति रहेको थियो ।