अख्तियारको निर्देशनमा मन्त्रालयद्वारा वीरगंज उपमहानगरपालिकामा छानबिन

341

वीरगंज, २४ असार – वीरगंज उपमहानगरपालिका कार्यालयमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका दुईजना सदस्य छानबिनका लागि आएका छन् । असार मसान्तको चटारोको बेला अख्तियारमा परेको उजुरी सम्बन्धमा अख्तियारले मन्त्रालयलाई छानबिन गर्न निर्देश गरेपछि मन्त्रालयबाट हिजो दुई सदस्यीय टोली आएको र आजदेखि छानबिन शुरु गरेको बताइएको छ ।

वीउमनपाका सम्बन्धमा अख्तियारमा लामो समयदेखि लगातार उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई के भएको हो छानबिन गर्न निर्देश गरेको थाहा हुन आएको छ । मन्त्रालयबाट उजुरी छानबिनका लागि दुई सदस्यीय टोली वीरगंज आएपछि वीउमनपाका कर्मचारीहरूले उजुरीकर्ता कार्यालयकै कर्मचारी भएको ठम्याएका छन् ।

एकजना कर्मचारीले बताए अनुसार वीउमनपाको १४ वटा फाँट, शाखामध्ये १३ वटाविरुद्ध केही न केही गरेको आरोप सहित ठाडो उजुरी परेको छ तर एउटा शाखाविरुद्ध कुनै उजुरी परेको छैन । उजुरी नपरेको कानुन शाखा हो । उक्त शाखाका अधिकृत रामदयाल यादवले अख्तियारमा उजुरी गरेको कर्मचारीहरूले किटान गरेका छन् ।

वीउमनपाको लेखा अधिकृतबाट यादवलाई हटाएर शम्भु गुप्तालाई नियुक्त गरिएपछि अधिकृत यादव कार्यकारी अधिकृत विष्णु कोइरालाविरुद्ध जाइलागेका र उनैले अख्तियारमा उजुरी गरेको चर्चा छ ।

Model-Technical-Education

उजुरीकर्ताले खासगरी कार्यकारी अधिकृत कोइरालामाथि गम्भीर आरोप लगाएका छन् । दिउँसै मदिरासेवन गर्ने, सेवाग्राहीसँग कडा ढंगले प्रस्तुत हुने गरेको आरोप लगाइएको एक कर्मचारीले बताए । यसैगरी सबैभन्दा बढी योजना र लेखा शाखामा अनियमितता हुने गरेको आरोप लगाइएको छ ।

लेखा शाखाका अधिकृत सम्बन्धित विषयको हुनुपर्नेमा गैरविषयका व्यक्तिलाई लेखा अधिकृत बनाइएको उजुरीमा आरोप छ । यसैगरी प्रशासन, यान्त्रिक, सरसफाइ, राजस्व, कम्प्युटर, सामाजिक विकास, नगर प्रहरीलगायत वीउमनपाका एउटाबाहेक सबै शाखाविरुद्ध उजुुरी छ । आजको प्रतीक दैनिकमा समाचार छ ।

anubhuti-education

BIT

st-xavier

 

AMC