युनियन बाट पनि रायमाझी आउट

3345

वीरगंज, २३ असार – वीरगंजका कथित पत्रकार श्रीराम रायमाझीलाई नेपाल प्रेस युनियन पर्सा शाखाले साधारण सदस्यता समेत नरहने गरि सदस्यता खारेज गरेको समाचार प्राप्त भएको छ ।

लोकतान्त्रिक तथा प्रजातन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको हित विपरितका अनुशासनहिन कार्यहरु गर्दै आएको र पटक पटक चेतावनी दिंदा समेत पनि बजारबाट संस्थाको नाममा अनाधिकृत रुपमा रकम संकलन गरेको, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व सभापति शत्रुघन नेपालको नाम दुरुपयोग गरि चन्दा आतंक गरेको, नेपाल प्रेस युनियनको मर्यादा र प्रतिष्ठामा आंच आउने गितिविधिहरु नरोकेको र उनको गतिविधिले प्रेस युनियन पर्सा शाखाले विगतमा ठुलो क्षति व्यहोर्नु परेको हुँदा कथित पत्रकार रायमाझीलाई नेपाल प्रेस युनियनको विधान बमोजिम साधारण सदस्यता समेत नरहने गरी मिति २०७३ जेष्ठ ९ गते नै सदस्ता खारेज गर्न नेपाल प्रेस युनियन केन्द्रिय समितिलाई सिफारिस गरिएको पर्सा शाखाका तत्कालीन अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईले बताउनुभयो ।

13633213_10201863340342241_1233194909_o

यसैगरि पर्सा शाखाले गरेको सदस्यता खारेजीको सिफारिसलाई नेपाल प्रेस युनियनको केन्द्रिय अनुशासन समितिले समेत अनुमोदन गरिसकेको प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाले बताउनुभयो । स्मरण रहोस नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण अभियान अन्तर्गत गैर पत्रकारका रुपमा चिनिएका श्रीराम रायमाझीलाई यस अघि नै महासंघको सदस्यताबाट बन्चित गरि सकेको छ ।

Jag-Shakti

Model-Technical-Education

anubhuti-education

shalimarst-xavier

bit