कंगनाको ‘सिमरन’ लुक

159

मुम्बई, २४ असार ‘बोल्ड एन्ड ब्युटिफुल’ भनिने कंगना रणावतको धेरै चर्चा गरिएको सिनेमा ‘सिमरन’मा उनी गुजराती केटीको भूमिकामा देखिने भएकी छिन्।

‘सिमरन’मा कंगनाले प्रफुल नामक पात्रको चरित्र निर्वाह गरेकी छन्, जसमा उनको महत्वकांक्षाले कसरी उनी  अपराधको दुनियामा फस्छिन् भन्ने देखाइएको छ।

यो सिनेमा अमेरिकामा बस्दै आएकी एनआरआइ सन्दीप कौरको जीवनमा आधारित छ। कौर अघिल्लो वर्ष जुवामा हारेको ऋण तिर्न बैंक लुटेको आरोपमा जेल परेकी थिइन्।

यसै सिनेमाको हालै सार्वजनिक पहिलो फोटोमा उनी मेकअप बिनाकी घरेलु युवतीका रुपमा देखिएकी छिन्। हंसल मेहताले निर्देशन गर्ने ‘सिमरन’को सुटिङका लागि पुरै टिम अगस्टमा अमेरिका जाँदैछ। हंसलले यसअघि नै ‘दिल पे मत ले यार’, ‘सिटी लाइट्स’, ‘अलिगढ’ जस्ता गम्भीर सिनेमा बनाइसकेका छन्।