के तपार्इलार्इ सेल्फीकाे लत छ? हाेशियार हुनहाेस् यस्ताे राेग लाग्न सक्छ

340

काठमाडौँ, २४ असार – कुनैबेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरि घुँडामा चोट लागेर  वा साइकलबाट लडेपछि उपचारका लागि हाडजोर्नी विज्ञका दर्गुर्थे । अब जमाना फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौंसम्म मोबाइल खेलाउँदा खेलाउदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपतकालिन सेवा लिन थालेका छन् ।

हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाई चलाउँदा औंला खेलाउदा र नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित छन् । यही सेल्फी कूलतलाई मेडिलक भाषामा ‘सेल्फी इल्बो’ भनिन थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न थालेको छ ।

धेरै  सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका बयस्क रहेका छन् ।

अमेरिकास्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन  मेट्जलका अनुसार अत्यधिक सेल्फी लिदा यस्तो समस्या हुने गरेको छ । बारम्बार सन्देश टाइप गर्दा र मोबाईबाट तस्बिर खिच्दा यो समस्या उत्पन्न हुन्छ । ‘प्रविधि र मानिसको बेजोड संगमले शारिरिक पीडा बढेको छ,’ उनी भन्छन् ।

समस्याबारे उनी अगाडि भन्छन्, ‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ ।’ कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने उनको सुझाब छ । माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिने उनी बताउछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा बृद्धि भएको उनी बताउँछन् ।

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बढाएको उनको भनाई छ ।

पछिल्लो साता पुरस्कार बिजेता पत्रकार होडा कोब कुइनोको पीडा लिएर चिकित्सककहाँ जान्छिन् । ‘कुहिनोमा अत्यधिक पीडा भएपछि  अर्थोपेडिस्टकहाँ जाँदा चिकित्सकले धेरै टेनिस खेल्छौ भनेर प्रश्न गरे,’ उनी भन्छिन् । ‘हैन, बरु धेरै सेल्फी लिने गर्छु’ कोबले जबाफ फर्काइन् ।

‘पछिल्ला समयमा हामीले किशोर किशोरीमा कार्पल टनेल सिन्ड्रोम (हात वा औलामा नसाको कम्प्रेसनका कारण हुने समस्या)बाट पीडित भएको पाएका छौ । जबकी १० देखि १५ वर्ष अगाडि घुडा घोटिएका वा साइकलबाट लडेर उपचार आउने जमात उल्लेखनीय हुन्थ्यो,’ न्युर्योक युनिर्भसिटीका ल्यांगोन मेडिकल सेन्टरका विज्ञ चाल्स किम बताउँछन् ।

– स्वास्थ्य खबरपत्रिका