कुम्हाल टोल सुधार सेवा समितिद्वारा रक्तदान

321

वीरगंज २५ असार – वीरगंजमा रगतको अभाव भएपछि आज एक समारोहका विच कुम्हाल टोल सुधार सेवा समिति वीरगंज ९ द्वारा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा रुवी महर्जन, दिपक कुमार गुप्ता, राहुल महर्जन, संदिप क्षेत्री, सपना महर्जन लगायतका ४५ जनाले रक्तदान गरेको कुम्हाल टोल सुधार सेवा समितिका सदस्य अशोक गुप्ताले बताउनु भयो ।

समितिका अध्यक्ष नन्दलाल यादवको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले गर्नु भएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र विरगंजका प्राविधकहरुले विशेष सेवा पुर्याएका थिए ।