दीपिकाको छायाँ तस्वीर बन्यो ट्रेन्डिङ

173

मुम्बई, २५ असार – नायिका दीपिका पादुकोणले हलिउड डेब्यु ‘ट्रिपल एक्सः रिटर्न अफ् जान्डर केज’को पहिलो छायाँ तस्वीर सामाजिक सञ्जालमा हिट भएको छ ।

दीपिकाले सार्वजनिक गरेको तस्वीरमा आफ्नो फोटोसँगै आइ डन्ट विलिभ इन गुड गाइज लेखिएको छ । जुन सार्वजनिक हुनासाथ भारतीय प्रयोगकर्ताहरुमाझ सामाजिक सञ्जालमा भाइरलजस्तै बन्यो ।

फिल्ममा उनी सेरेना उङ्गरको चरित्रमा देखिँदै छिन् । भारतमा यही नामको ट्रेन्डिङ भइरहेको छ । दीपिकासँगै चर्चित हलिउड अभिनेता भिन डिजेल रहेको ट्रिपल एक्सः रिटर्न अफ् जान्डर केजको निर्देशन डिजे कारुसो हुन् । दीपिकाकै प्रतिस्पर्धी बलिउड नायिका प्रियंका चोपडाले हलिउडमा जम्ने बलियो सम्भावना देखाइसकेकी छिन् । सन् २०१७ को जनवरीमा सार्वजनिक हुने यस फिल्मबाट दीपिका पनि आफू हलिउडमा जम्ने अपेक्षा राखेकी छिन् ।