सुशीला कार्की प्रधानन्यायाधीशमा अनुमोदन

305

काठमाडौँ, २६ असार – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायधीशमा सुशील कार्कीको नाम अनुमोदन गरेको छ। आइतबार बसेको सुनुवाई समितिको बैठकले कार्कीको नाम अनुमोदन गरेको हो।

आइतबार बिहान भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन भएको बताए।

संसदीय सुनुवाई समितिमा कार्की विरुद्ध ६ वटा उजुरी परेका थिए, जसमा तीन जना उजुरीकर्ता समिति मै उपस्थित भएका थिए। सुनुवाई समितिका कार्कीले आफ्नो कार्यकालमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने बताइन्। उनले हाल सर्वोच्चमा ३६ हजार मुद्दा थाती रहेको भन्दै मुद्दा कम गर्न छिटो न्यायाधीश नियुक्ती गर्नुपर्ने बताइन्।

उनी नेपालको न्याय इतिहासमा प्रधानन्यायाधीश हुने पहिलो महिला हुन् ।