‘गोप्य म्यासेज स्वतः डिलेट हुने’ नयाँ फिचर ल्याउँदै फेसबुक

436

काठमाडौँ, २७ असार – फेसबुकले नयाँ सेवा सुरु गर्ने तयारी गरेको छ । फेसबुकले गोप्य म्यासेजहरु निश्चित समयावधिमा आफैँ डिलेट हुने फिचर ल्याउनलागेको हो । हाल यसको परीक्षण भइरहेको छ । यो सेवा फेसबुकको मेसेन्जर एप प्रयोगकर्ताहरुका लागि हुनेछ । प्रयोगकर्ताहरुले छनोट गरेको निश्चित समयपछि उक्त म्यासेजहरु आफैँ हराउने जनाइएको छ । फेसबुकका अनुसार यो नयाँ गोप्य म्यासेज सेवा हो जसको सीमित परीक्षण भइरहेको छ ।

चाखलाग्दो कुरा त के छ भने म्यासेज पठाउनेले यो सेवामा रहन एउटा डिभाइस प्रयोग गर्नुपर्छ, जब म्यासेज जान्छ, स्वचालित(अटोमेटिक) रुपमा उक्त गोप्य म्यासेज उक्त डिभाइसमा भण्डारण(स्टोर) हुन्छ । उक्त म्यासेजहरु जसलाई प्रेषक(पठाउने)ले हराउने डिभाइसमा जम्मा गरेको हुन्छ, ती म्यासेजहरु स्टोर भएको डिभाइसबाट स्वतः डिलेट हुन्छन् ।

जनाइएअनुसार एपमा कसैसँग गोप्य सन्देश आदानप्रदान अर्थात् सिक्रेट च्याट सुरु गर्ने उक्त सेवा म्यासेन्जर प्रयोगकर्ताका लागि ऐच्छिक (अप्स्नल) हुन्छ । त्यस्ता गोप्य म्यासेजहरु एउटा डिभाइसमा मात्रै पढ्न सकिने हुनाले फेसबुकले त्यस्ता सन्देशहरु पढ्न हरेक व्यक्तिका लागि अधिकार दिँदैन । अर्थात् फेसबुकमा हुने सामान्य च्याटहरु च्याट गर्ने दुवैतिर प्रवाहित हुँदा एउटाले डिलेट गर्दा पनि अर्कोले सेभ गर्ने सम्भावना प्रबल हुने भए पनि यो डिभाइसमा भने त्यस्तो हुनेछ्रैन, फेसबुकले भनेको छ ।

फेसबुकले स्वास्थ्य र आर्थिक कारणहरुलाई देखाएर उक्त सेवा सुरु गर्नलागेको बताए पनि अरुले भने लभ अफेयर्स(प्रेम सम्बन्ध)लाई गोप्य राख्न यस्तो फिचर ल्याउनलागेको बताएका छन् । यतिखेर फेसबुकको उक्त नयाँ सेवा सीमित आधारहरुमा रहेर परीक्षणकै क्रममा रहेको छ, तर समर सकिनासाथ धेरैतिर आउनेछ । उक्त सेवामा भिडियो र जीआईएफहरु एक अर्कामा सेयर हुन नसक्ने पनि फेसबुकले स्पष्ट पारेको छ । उक्त सेवाहा अरु पनि नयाँ फिचरहरु राखिएका छन्, जसअन्तर्गत जथाभावी गालीगलौजका सन्देशहरुसम्बन्धी उजुरी परेमा ती म्यासेजहरु डिलेट हुन ढिलाइ हुनेछन् । तर फेसबुकले गोप्य वार्ताका त्यस्ता प्लेन टेक्स्ट म्यासेजहरुमा एउटा सहभागीले रिपोर्ट नगरेसम्म एक्सेस नदिने जनाएको छ । टेक्निकल डक्युमेन्टमा यसबारे उल्लेख गरिएको छ ।

सर्रे युनिभर्सिटीका साइबर सुरक्षासम्बन्धी जानकार प्रोफेसर एलान उडवार्डका अनुसार यो सेवा ओपन ह्विस्पर सिस्टमद्वारा सिग्नल प्रोटोकलमाथि बनाइएको हो । जसलाई म्यासेज एप्लिकेसनहरुले प्रयोगमा ल्याएका छन् । उनले भने, सिग्नलहरुको परीक्षण राम्रो भएको छ जसले क्रिप्टोग्राफी कम्युनिटीमा यसको विकास गरेका थिए ।