वालवालिकालागि सकारात्मक सोच सम्बन्धी तालिम

234

बीरगंज २७ असार – नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछानेले वालवालिकामा सकारात्मक सोचको बिकास गर्नु पर्नेमा जोड दिए ।

बीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोग र आक्का नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको वालवालिकाकोलागि सकारात्मक सोच सम्बन्धी दुई दिने तालिमको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आजको वालवालिकाले जस्तो सोेच्ने वतावरण पाउछन दृष्टिकोण पनि त्यस्तै निर्माण गर्ने बताए । उनले नकारात्मकताको पक्षमा नभई सकारात्मकताको पक्षमा वालवालिकालाई नेतृत्व गर्न अभिभावकहरुले पनि ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बिजय कुशवाहाले तालिमबाट वालवालिकाले पाउने ज्ञानले उनीहरुको ब्यवहारमा परिर्वतन आउने बिश्वास ब्यक्त गरे । उनले आजको वालवालिकालाई सकारात्मक वतावरण दिन सके मात्र भोली समाजले प्रगती हासिल गर्ने बताए ।

कार्यक्रममा चेस नेपालका अध्यक्ष बिनय यादवले शिक्षामा जोड दिदै सबै वालवालिकालाई सकारात्मक र नैतीक शिक्षाले दिक्षीत गर्नु पर्ने बताए । कार्यक्रममा सामुदायीक बिद्यालय र नीजि बिद्यालयका शिक्षक शिक्षीका, नगर वाल क्लव संजालका पदाधिकारी तथा बालक्लबका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरुलाई शहरी शासन बिज्ञ बिटु श्रीवास्तव र दिब्य युवा क्लवका कार्यक्रम प्रमुख रामाकान्त पटेलले प्रशिक्षण दिएका थिए । उनीहरुले बालमैत्री शासन प्रशंसनीय खोजका बिषयमा प्रशिक्षण दिएका थिए ।

तालिम नगर वाल संजालका अध्यक्ष कृष्ण पटेल रामाशंकर साह,प्रभू साह मनोहर राम र मनोज कुमार गुप्ताले तालिमको ब्यवस्थापन गरेका थिए । आक्का नेपालका अध्यक्ष शिव नारायण प्रसाद कानुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिशाल मिश्र र स्वागत प्रिया मिश्रले गरेकी थिइन ।