अफगानिस्तान विस्फोटमा परी दशको मृत्यु

    196

    बग्दाद, २८ असार – अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानमा गत सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि दश जनाको ज्यान गएको समाचार छ । उक्त क्षेत्रमा बिहानै सर्वसाधारणलाई लक्ष्यगरी गराइएको बम विस्फोटनमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

    स्थानीय समयाअनुसार सोमबार बिहान ९ः३० मा भएको यस विस्फोटनमा परी दशजनाको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका प्रारम्भिक समाचारमा जनाइएको प्रान्तीय गभर्नर नविद फ्रोउतानले बताउनुभएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

    यो विस्फोट शक्तिशाली भएको हुनाले यसमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा यसपछि पनि अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान अर्को विस्फोट भएको बताइएको छ । त्यस घटनाको सम्पूर्ण विवरण भने आउन सकेको छैन ।