गोविन्द केसीको अनशनमा नयाँ शक्तिको ऐक्यवद्धता

111

काठमाडौँ, ३० असार – चिकित्सा क्षेत्रमा भएका विकृति अन्त्यको माग गर्दै अनशनमा बसेका डा. गोविन्द केसीको अनशनमा नयाँ शक्ति नेपालले ऐक्यवद्धता जनाएको छ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहितका नेता अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर डा. केसीलाई भेटी उनका मागप्रति ऐक्यवद्धता जनाएका हुन्। डा. केसीलाई भेटेपछि भट्टराईले पत्रकारसँग चिकित्सा शिक्षाको क्षेत्रमा रहेको विकृति, विसंगति हट्नुपर्ने र माथेमा आयोगको प्रतिवेदनको सिफारिश कार्यान्वयन गर्नुपर्ने बताए।

भट्टराईले वर्तमान सरकारप्रति अविश्वास प्रस्ताव दर्ता भइसकेको र नयाँ सरकार नबनिसकेको अवस्थामा कसैले पनि जिम्मा नलिने खतरा रहेकोले डा. केसीको जीवनरक्षाका लागि सहज तरिका अपनाउनुपर्ने बताए। केसीले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन्।