नेतृत्व बिकास सम्बन्धी तालिम सम्पन्न

134

बीरगंज ३० असार – बीरगंज उपमहानगरपालिकाको सहयोगमा र अक्का नेपालको आयोजनामा वालवालिकाका निम्ति एक दिने नेतृत्व बिकास तालिम बिहिवार बीरगंजमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा भएको तालिम नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष अनुप तिवारीले उद्धघाटन गरेका थिए । तालिमको उद्धघाटन गर्दै कोषाध्यक्ष तिवारीले आजको युवा पुस्ताले राजनीतिमा चासो राख्ने र भविष्यमा नेतृत्व लिनु पर्ने सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व सचिव युवराज खडका, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमम अक्का नेपालका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको थियो ।

तालिममा नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछानेले नेतृत्व,नेतृत्वमा हुनु पर्ने गुण, नेतृत्वका शैली लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । तालिममा नगर तथा युवा वडा संजालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

ल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछानेले नेतृत्व,नेतृत्वमा हुनु पर्ने गुण, नेतृत्वका शैली लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । तालिममा नगर तथा युवा वडा संजालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।