मनोमानी शुल्क नरोकिए नसहने संगठनको चेतावनी

513

बीरगंज ३० असार – पर्साका बिभिन्न बिद्यार्थी संगठनले निजी बिद्यालय तथा निजी क्याम्पसहरुले नियमवीपरीत मनोमानी रुपमा शुल्क असुलीरहेको आरोप लगाएका छन । बिहिवार पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई उनीहरुले ज्ञापन बुझाएरै मनपरि शुल्क असुली समेत रोक्न माग गरेका छन। उनीहरुले मनपरि शुल्क उठाउने काम नरोकिए त्यो आफूहरुले नसहने चेतावनी दिएका छन ।

संयूक्त बिद्यार्थी सञ्जाल पर्साले प्रमुख जिल्ला अधिकारीलाई बिहिवार ज्ञापन पत्र ब’झाउदै बिभिन्न कार्यक्रममा हुने बिद्यार्थीको प्रयोगलाई रोक्न माग गरेको छ । सञ्जालका संयोजक तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ताको नेतृत्वमा रहेको टोलीले पर्साका प्रजिअ केशवराज घिमीरेलाई ५ बुँदे ज्ञापन बुझाउदै यस्तो माग गरेको हो ।

ज्ञापन पत्रमा जिल्लामा रहेका प्याब्सन, एन प्याब्सन र हिसान अन्र्तगतका शैक्षिक संस्थाहरुको अनुगमन गर्नुपर्ने उल्लेख छ । जिल्ला शिक्षा कार्यालयद्वारा सञ्चालित विभिन्न भवन तथा योजनाका कामहरुमा भएको अनियमितता छानविन गर्न समेत माग गरिएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत राख्नुपर्ने र कालाबजारी, महँगी तथा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा बिभिन्न समस्याहरु छन तीनको समाधानका लागि हामीले ध्यानाकर्षण गराएका हौ संजालका संयोजक प्रभाकर गुप्ताले भने ।” प्रशासनले तत्काल यि कुराहरुमा ध्यान नदिए सञ्जालले आन्दोलन थालनी गर्ने उनको भनाई छ । ज्ञापन पत्र बुझाउने टोलीमा नेपाल विद्यार्थी संघ, ठाराब ईकाई अध्यक्ष बद्री तिवारी, अनेरास्ववियू पर्साका अध्यक्ष रामबाबु यादव, अखिल क्रान्तिकारीका पर्सा अध्यक्ष सुनिल रौनीयार,संघिय बिद्यार्थी फोरम नेपालका केन्द्रीय सदस्य निखिल वर्णवाल, सद्भावना बिद्यार्थी मञ्च पर्साका अध्यक्ष नुर्सिद अंसारी, नयाँ शक्ति विद्यार्थी संघका कुन्दन गुप्ता, लगायत रहेका थिए । बिद्यार्थीको हक र हितका निम्ति काम गर्ने बताउने बिद्यार्थी संगठनहरु नीजि बिद्यालयहरुले अभिभावकको ढाडै सेक्ने गरि शुल्क असुली गर्दा समेत मौन रहेको भन्दै गुनासो बढन थालेपछि बिद्यार्थी संगठहरु ज्ञापन पत्र बुझाउन भने सक्रिय भएका छन ।