बेलायतमा नेपालको दोस्रो जित

425

काठमाडौँ, ३१ असार – बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले दोश्रो अभ्यास खेल पनि जितेको छ।

लण्डनको ईन्डियन जिमखाना क्लबसँगको खेलमा नेपाल २० रनले विजयी भयो। टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनायो। नेपालका सागर पुनले सर्वाधिक ५६, ज्ञानेन्द्र मल्लले ३८, राजु रिजालले नटआउट २४, पारस खड्काले १५, राजेश पुलामीले १३, सुवास खकुरेलले ६ र विनोद भण्डारीले २ रन जोडेका थिए।  १ सय ६३ रनको लक्ष्य पच्छ्याएको ईन्डियन जिमखाना पुरै ओभर खेलेर १ सय ४२ रन बनाउँदै अलआउट भयो।

उसका पुनित मेहराले सर्वाधिक ४७ रन बनाए। नेपालका विक्रम सोब, करन केसी, शक्ति गौचन र सागर पुनले २/२ तथा पारस खड्काले १ विकेट लिए।

विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले हिजो ४० ओभरको खेलमा स्थानीय फ्री फोरेस्टर क्लबलाई १ सय २९ रनले हराएको थियो।