नक्कली बिल पेश गर्दै भूक्तानी लिदै

1012

बीरगंज २ साउन÷
जिल्ला बिकास समिति पर्सामा नक्कली बिल बनाएर भूक्तानी दिने गरिएको प्रकाशमा आएको छ । जिल्ला बिकास समितिले लक्षीत वर्गलाई बिनियोजन गरिएको बजेट समेत ब्यक्तिलाई पेश्की दिएर खर्च गरेको छ । नक्कली बिलको भूक्तानी र ब्यक्तिगत पेश्की दिएर कर्मचारीहरुले अनियमितता गरे पनि कार्यालय प्रमुख भने मौन रहेका छन । लक्षीत वर्गकालागि छुट्ट्याईको रकम ब्यक्तिगत रुपमा पेश्की दिन मिल्ने कानूनी प्रावधान नरहेको योजना अधिकृत अशोक भट्टराईको भनाई छ । उनले ब्यवहारिक रुपमा केही काम भएको हुन सक्ने बताए । तर जिल्ला बिकास समिति पर्साको सामाजिक शाखाका प्रमुख धर्मराज थापाले पेश्की दिन मिल्ने बताए । लक्षीत वर्ग अन्र्तगत महिलाहरुकालागि बिनियोजीत रकम मध्य ८० हजार रुपैया जिल्ला बिकास समितिमा रहेको महिला उत्थान समन्वय समितिका उपाध्यक्ष निरा झालाई पेश्की दिएर तालिम संचालन भएको देखिन्छ । झाले पेश्की फरछ्यौटकालागि दिएको निवेदनमा शाखा प्रमुख थापाले कानून अनुसार मिल्ने भए फरछ्यौट गर्न लेखालाई सिफारिश गरेका छन । बिल भरपाई नमिलेको भनेर राखिएको झाको फाइल फरछ्यौट भएको लेखाका एक कर्मचारीले जानकारी दिए ।
जिल्ला बिकास समितिमै रहेको स्थानीय बिकास कोषले २४ दिनमा ६ लाख रुपैया लगाएर जिल्लाका बिभिन्न १५ गाविसमा खुला दिशामुक्त अभियान सम्बन्धी तालिम संचालन गरेको देखिन्छ । तालिमको खर्च बिवरणमा बुझाइएका बिलहरुले नै अनियमितता भएको बोल्छन । कार्यक्रममा लगाइएका ब्यानरहरुले पनि अनियमिततालाई पुष्टी गरेका छन । कार्यक्रम पिच्छे ब्यानरको बिल समावेश भएपनि कार्यक्रमको तस्विरमा भने एउटै ब्यानरमा मार्कर पेनले गते मात्र मिलाएको देखिन्छ । ब्यानर त्यस्तो प्रयोग भएको अनुगमनको क्रममा आफूले पनि फेला पारेको सामाजिक शाखाका प्रमुख थापाले बताए । तालिमको अनुगनमा गएका योजना अधिकृत अशोक भट्टराईलाई यस बिषयमा जानकारी दिएर प्रतिक्रिया लिन खाज्दा उनी हासी मात्र रहे । स्थानीय बिकास कोषले संचालन गरेको तालिममा कोषकै कर्मचारीहरुले प्रशिक्षक बनेर प्रशिक्षक भत्ता समेत बुझेका छन । केही शिक्षकहरु समेत प्रशिक्षकको रुपमा तालिममा सहभागि भएको देखिन्छ । कोषका जिम्मेवार ब्यक्ति हरि राउतले भने साथीहरुले दिएका बिलहरु जस्ताको तेस्तै राखेको बताए । असारको वेला कामको चा बढी भएकोले हेर्न नपाएको उनको कथन थियो ।