संविधान संशोधन गर्नुपर्ने एमालेको प्रस्ताव

290

काठमाडौं, ४ साउन ।सत्तारुढ दल नेकपा एमालेले संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अघि सार्ने भएको छ ।

मंगलबार बसेको एमोले स्थायी समितिका बैठकले नयाँ सरकार गठनमा ‘संवैधानिक अष्पस्टता’ रहेको भन्दै संविधान संशोेधन गर्नु पर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।

सत्तारुढ घटक नेकपा मााओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिए पश्चात कपी ओली सरकार अल्पमतमा परेको छ ।
नयाँ सरकार गठनका लागि बाटो खोलिदिनुपर्ने भन्दै नेपाली कांग्रेस माओावदीले दबाव दिइरहेको बेला एमालेले नयाँ सरकार गठनमा ‘संवैधानिक अस्पष्टता’ रहेको दाबी गर्दै त्यसैको आडमा सत्ता नलम्व्याउने बरु अस्पष्टता हटाउन संविधान संशोधनको विकल्प अघि सारेको हो ।

बैठकमा सहभागी एमाले नेता प्रदीप ज्ञावालीले भने, ‘अविस्वासको प्रस्ताव र नयाँ सरकार गठनबारे संविधान अस्पष्ट भएकोबारे बैठकमा छलफल भयो । त्यही अस्पष्टतालाई टेकेर सरकार लम्ब्याउन एमाले चाहँदैन । तर, त्यसबारे प्रष्ट भने हुनुपर्छ ।

उनले संविधानको अस्पष्टता र संविधान संशोधनबारे नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल दहाल ‘ प्रचण्ड’ सँग प्रधानमन्त्री ओलीले सोमबार नै छलफल गरेको र त्यसको जवाफको प्रतिक्षामा रहेको पनि बताए ।