बीउमनपामा अख्तियारको छापा कागजातहरु नियन्त्रणमा

961

बीरगंज ५ साउन – बीरगंज उपमहानगरपालिकामा बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाले छापामारी गरेको छ ।

बिभिन्न संचारमाध्यममा बीरगंज उपमहानगरपालिकाले सम्पादन गरेको कामको बिषयमा समाचार प्रकाशमा आएपछि बुधवार आयोगले बीउमनपा कार्यालयमा छापामारी गरि कागजातहरु नियन्त्रणमा लिएको छ ।आयोगका प्रहरी उपरिक्षक यादव ढकालको नेतृत्वमा आएको प्राविधिक सहितको टोलीले छापामारी गरेको हो ।

आयोगले बीरगंज उपमहानगरपालिका कार्यालयले सम्पादन गरेको कामका कागजातहरु नियणत्रणमा लिएको छ । आयोगले यातायात ब्यवस्था कार्यालय र सवारी शाखा कार्यालयमै गएर चेकजाँच गरेको थियो । ति दुबै कार्यालयबाट भने कुनै कागजात नियन्त्रणमा नदिएको एक अधिकारीले बताए ।13815021_10206565380277344_1747860953_nर्यालय र सवारी शाखा कार्यालयमै गएर चेकजाँच गरेको थियो । ति दुबै कार्यालयबाट भने कुनै कागजात नियन्त्रणमा नदिएको एक अधिकारीले बताए ।

बीरगंज उपमहानगरपालिका कार्यालयबाट बीरगंज उपमहानगरपालिकाको दक्षीण पट्टी रहेको रोडको कालो पत्रे ,श्रीपुरमा ढलान सडकमाथि गरेको पीच, कार्यालय हाता भित्र निर्माण भइरहेको भवन, बैठक कक्षको मरम्त सम्भार र सौर्य बत्ती जडान सम्बन्धी भएको निर्णय र गरिएको काम संग सम्बन्धीत कागजात नियन्त्रणमा लिएको कार्यालयका निमित्ति कार्यकारी प्रमुख प्रकाशमान सिंहले जानकारी दिए ।

बिकास निर्माणको काम कारवाहीको बारेमा स्थलगत जानकारी लिनुका साथै बिभिन्न स्थानमा भएको पीच सडकको निर्माण कम्पनी, लागत, निर्माण अवधि र निर्णयको सबै कागजात लिएर गएको उनले बताउ । अख्तियारको टोलीले दोहोरो बिल बनाएको आशंकमा छामा मारेको जनाएको छ ।