एसएसपी राजेन्द्रमान श्रेष्ठ अझै अस्वस्थ

359

वीरगञ्ज, साउन – पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठ विगत तीनदिन देखि अस्वस्थ छन् । उनी ब्याडमिन्टन खेलिरहेको अवस्थामा शनिबार एक्कासी बेहोस भएका थिए ।

श्रेष्ठ शनिबार कोशी अञ्चल प्रहरी कार्यालय धरानको कबर्डहलमा ब्याडमिन्टन खेल्ने क्रममा बेहोस भएका हुन् । उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आइरहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डीआईजी केशरीराज घिमिरेले जानकारी दिए ।

श्रेष्ठ एसपी हुँदा पर्सा जिल्लामा करिब डेढ वर्ष कार्यरत थिए । उनकै कार्यकालमा जिल्लाबाट लागूऔषध गाँजाको खेती उन्मूलन सुरु भएको थियो ।